दमक र कमललाई गाभेर उपमहानगर बनाउने प्रस्ताव

दमक,३ भदौ । झापाको दमक नगरपालिका र कमल गाउँपालिकालाई मिलाएर उपमहानगरपालिका बनाउने प्रस्ताव फेरि गरिएको छ । दमक नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र लेख्दै उपमहानगरपालिकाका लागि प्रस्ताव पेश गरेको हो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बिगतदेखि नै उपमहानगरपालिका बनाउने प्रस्ताव गरिएको उल्लेख गरे । स्थानीय निर्वाचन अगाडी नै दुबै स्थानीय तहलाई मिलाएर उपमहानगर बनाउने प्रस्ताव गरेका छौ, उनले भने, त्यसका लागि थप मन्त्रालयले अध्ययन गर्ने नै छ ।

उनका अनुसार दुबै स्थानीय तह मिल्दा उपमहानगर बनाउनका लागि जनसंख्या, पूर्वाधार पर्याप्त रहेको छ । दमक नगरपालिकाको साउन २८ गतेको बैठकले उपमहानगरपालिका बनाउनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । २०७५ सालमा दमक नगरपालिकाको जनसंख्या ८६ हजार ९ सय १० रहेको र आन्तरिक आय अघिल्लो आर्थिक बर्षमा १२ करोड बढी रहेकाले दाबी गरिएको हो । यसका लागि कमल गाउँपालिकाले भने आधिकारिक धारणा सार्वजानिक गरिसकेको छैन् ।

Leave a Reply

Your email address will not be published.