कांग्रेस संस्थापन इतर कमलको सभापतिमा लोछार्बो

दमक ,२३ असोज । नेपाली कांग्रेस संस्थापन इतरको कमल गाउँ सभापतिमा आशिष लोछार्वो चुनिएका छन् । शुक्रवार झापाको कमल गाउँपालिका -५ पाडाजुंगीस्थित रोडस्टार पार्टी प्यालेसमा सम्पन्न १५ औ नियमित महाधिबेशन अन्तर्गत गाउँ अधिबेशनले युवा नेता लोछार्बोलाई सभापतिमा निर्वाचित गरेको हो ।
यसैगरि, आजनै कांग्रेस क्षेत्र न. ५ प्रदेशसभा (क) को सभापतिमा नारायण अधिकारी चयन भएका छन् ।अधिबेशनको निर्वाचन कार्यक्रमबाट सर्वसम्मत निर्वाचित समितिको उपसभापतिद्धयमा प्रेमबहादुर बस्नेत,लोकनाथ खनाल, सचिवद्धयमा राम ढुंगाना,सुनिता तामाङ लगायत चुनिएका दमक नगर सभापति सुनिल हाताछुले बताए ।
सोहि अवसरमा पार्टीको क्षेत्रीय समिति, प्रदेशसभा (ख) र महाधिबेशन प्रतिनिधिहरुको समेत निर्वाचन गर्ने कार्यक्रम रहेको पार्टीका झापा जिल्ला संयोजक कृष्ण हुमागाईले बताए ।

Leave a Reply

Your email address will not be published.