दमक, २४ असोज । दमक–६ फर्निचर लाईनमा रहेको दमक थुलुङ डेन्टल केयर सेन्टरले सेवा सञ्चालनको पाँचौं वर्ष पूरा गरेको अवसरमा स्थानीय पत्रकार र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।
शुक्रबार डेन्टलको आफनै कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गरि क्लििनकले दन्त उपचार सेवा, सेवा प्रवाह र दन्त स्वास्थ्यको महत्वका बारेमा अन्तरकृया गरिएको हो ।
डेन्टल केयरकी सञ्चालिका समेत रहेकी दन्त रोग विशेषज्ञ डा. सोफिया थुलुङले नजिकिँदै गरेको चार्डपर्वको शुभकामना सहित यस डेन्टल केयर सेन्टरले प्रदान गर्दै आएको दन्त उपचार सेवा तथा भावी योजनाका बारेमा जानकारी गराएकी थिइन् ।
डा.थुलुङका अनुसार केयर सेन्टरमा दुई जना पूर्णकालीन दन्त चिकित्सकसहित आधा दर्जन विशेषज्ञ चिकित्सक कार्यरत छन्। नियमित रूपमा चिकित्सक उपलब्ध हुँदा बिरामीलाई दन्त स्वास्थ्यसम्बन्धी परामर्श लिन तथा उपचार गराउन सहज भएको उनले बताइन् ।
बेलायत लगायतका देशमा केहिवर्ष दन्त चिकित्सा सेवा गरेकी डाक्टर थुलुङले आफ्ना दिवगंत पिता डाक्टर सहदेब थुलुङको दमकप्रतिको माया र स्वास्थ्य सेवाको सामाजिक भावनालाई जीवन्त दिन पनि आफूले दमकमै बसेर सेवा शुरु गरेको बताईन् ।
………………………………………………………………………………………………………………………………………………………………………..
दन्त स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अंगका रूपमा लिनुपर्नेमा जोड दिँदै डा.थुलुङले दाँत दुखेपछि मात्रै उपचार खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताइन्। दाँतको नियमित जाँच गराउने, सरसफाइमा ध्यान दिने र कुनै समस्या देखिएमा समयमै चिकित्सकसँग परामर्श लिने बानी विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
बेलायत लगायतका देशमा केहिवर्ष दन्त चिकित्सा सेवा गरेकी डाक्टर थुलुङले आफ्ना दिवगंत पिता डाक्टर सहदेब थुलुङको दमकप्रतिको माया र स्वास्थ्य सेवाको सामाजिक भावनालाई जीवन्त दिन पनि आफूले दमकमै बसेर सेवा शुरु गरेको बताईन् । विदेशमा अहिले पनि काम गर्नका लागि राम्रा अवसर आउने गरेको सुनाउदै उनले भनिन्, –‘चिकित्सा सेवा पैसा आर्जन गर्ने मात्र नभई समाजप्रति योगदान रहनुपर्छ भन्ने पिताको प्रेरणादायी विचारलाई जीवन्त बनाउन आफूले पिताकै क्लिनिकमा सुविधासम्पन्न डेन्टल स्वास्थ्य संस्था सञ्चालनमा ल्याउन सफल भएकी छु ।’
उनले क्लिनिकले स्थापनाकालदेखि नै ज्येष्ठ तथा विपन्न नागरिक र विद्यार्थीलाई निःशुल्क दन्त उपचार सेवा प्रदान गर्दै आएको सुनाईन् । दमकलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारलाई समेत दन्त सम्बन्धी सवै उपचारमा विशेष छुटको व्यवस्था गरिएको उनले जानकारी दिईन् ।
कार्यक्रममा दन्त स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न जोड दिदै सहभागि पत्रकार तथा सरोकारवालाहरुले दन्त सम्बन्धी स्वास्थ्य सेवा गुणस्तरिय, सुलभ बनाउन खाँचो रहेको औल्याए ।