पेस्तोलसहित दमकबाट गजमेर पक्राउ

दमक,२८ साउन । प्रहरीले झापाको दमकबाट आज विहान एक जना युवालाई पेस्तोलसहित नियन्त्रणमा लिएको छ ।
दमक नगरपालिका वडा नं.५ स्थित भित्री बानेश्वर हाईट खण्डबाट आज बिहान करिब ४ बजे स्कुटरमा सवार दमक ८ का ३६ बर्षिय सञ्जीब गजमेरलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो ।
बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गजमेरलाई को.३८ प.५६४९ नम्बरको स्कुटरसहित स्पेशल मेड इन इटली अटो मिसाइल लेखिएको पेस्तोल, दुई वटा गोली समेत नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।
स्कुटर भित्र ती हतियार लुकाएर राखेको अवस्थामा गजमेरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गजमेरलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.