साथीको हत्या गरी फरार लामा पक्राउ

उर्लाबारी, १७ साउन । आफ्नै घरमा आएका साथीको हत्या गरेर फरार रहेका मोरङ, उर्लाबारी ५ का सुवास लामालाई प्रहरीले पक्राउ गरेको छ ।मंगलबार साँझ मोरङको उर्लाबारीमा एक युवालाई छुरा प्रहार गरेर हत्या गरेपछि फरार उनलाई घटना भएको २४ घण्टा बबित्दै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उर्लाबारी नगरपालिका–४ का २१ वर्षीय कुशल दाहालको हत्या गरेर फरार रहेका लामालाई मोरङकै सुन्दरहरैचा नगरपालिका–४ दुलारीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दासले पुष्टि गरेका छन् । उनकै नेतृत्वमा खटिएको प्रहरी टोलीले बुधबार साँझ ६ः३० बजे पक्राउ गरेको हो । पक्राउ परेका लामालाई इप्रका उर्लाबारीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उर्लाबारी–५ मा मंगलबार साँझ ६ बजेतिर दाहालमाथि छुरा प्रहार गरि हत्या गरेको आरोप छ ।

Leave a Reply

Your email address will not be published.