झापा,१७ साउन । गएको वर्ष झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक बर्ष २०८० -०८१ का अवधिमा घरेलु तथा साना उद्योग कार्यालय झापामा उद्योगतर्फ छ सय २९ र वाणिज्यतर्फ चार सय ८१ फर्म नियमानुसार दर्ता भएका हुन् ।
कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुुसार दुई सय ८८ उद्योग खारेज हुँदा एक हजार सात सय आठ उद्योगले नवीकरण गरेका छन् ।
गत आवमा दुई सय ४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी रु तीन अर्ब २८ करोडले बढेको थियो । वाणिज्यतर्फ दुई सय ७८ फर्मले पुँजी वृद्धि गर्दा रु पाँच अर्ब एक करोड १० लाख ५० हजार भएको छ ।
उक्त कार्यालयले गत आवमा रु दुई करोड ६८ लाख ९० हजार सात सय ५० राजस्व सङ्कलन गरेको छ । आव २०७९- ८० मा रु एक करोड ८० लाख छ हजार सङ्कलन भएको थियो ।