दमक, १३ साउन । झापाको दमक १० सेतुमारी र मोरङको उर्लावारी ९ राजघाटलाई जोडने मावा खोला पुलको जोखिम क्षेत्रमा दमक १० का स्थानीयबासीद्धारा रोकथामको प्रयास गरिएको छ ।
पुलको पूर्विभागको पर्खाल भत्किएर सडक भासिए पछि संभावित जोखिम न्युनिकरणकलागि संरक्षणको प्रयास थालिएको हो । दमक १० का वडा अध्यक्ष बोधराजन न्यौपाने पुल निर्माण समितिका अध्यक्ष अम्बिका खनाललगायत स्थानीयबासीको प्रत्यक्ष उपस्थितीमा स्थानीय स्तरमा उपलब्ध साधन स्रोतको प्रयोग गरि संरक्षण गरिएको छ ।
पुलको पूर्विभागको पर्खाल भत्किए पछि दुर्घटनाको जोखिमसमेत बढेको भन्दै स्थानीयवासीको सक्रियतामा संरक्षण गरिएको हो । दातृ निकायको सहयोगमा सो स्थानमा ७५ दशमलव ४५ मिटर लामो पुल निर्माण सम्पन्न भोइ सञ्चालनमा आएको थियो । पुलको दमक खण्ड तर्फको पूर्वीभागको ग्याविन पर्खाल भत्किएपछि सडक भासिदा एक तर्फिमात्र यातायात सञ्चालनमा आउनेगरेको थियो ।
पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पिनीले संझोता अनुरुप कामसम्पन्न गरिदीदा समस्या भएको अध्यक्ष खनालले बताए । निर्माणको अनुगमन र नियमनगर्ने सम्बन्धित निकायबाट ठेकेदारलाई कार्यसम्पन्नभएको इजाजत दिएपछि निर्माण कम्पनीले संझौता बमोजिमको काम नगरेको अध्यक्ष खनालाको भनाई रहेको छ ।
दमकदेखि प्रदेश एकको राजधानी समेत रहेको बिराटनगरलाई छोटो दुरिमा जोड्ने झापातर्फको पुलसम्म पुग्ने बाटो कालोपत्रे समेत भइसकेको छ भने मोरङतर्फ आमवारी–झुर्किया सडकसँग पुललाई जोड्ने करिब ६०० मिटर सडक एउटा बक्स कल्र्भट समेत निर्माण भएको छ।