राष्ट्रिय बहुमुखी सहकारीद्धारा दृष्ट्रिविहीनहरुलाई सहयता सामाग्रीहरु प्रदान

दमक ,२९ असोज । झापाको दमक -८ सेतुमारी मार्गमा मुख्य कार्यालय रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले अपाङगता भएका दृष्ट्रिविहीनहरुलाई सहयता सामाग्रीहरु प्रदान गरेको छ ।
२७ औं स्थापना दिवसका अवसर पारेर आज विहान संस्थाको आफनै सभाहलमा संक्षिप्त कार्यक्रम गरि संस्थाले दृष्ट्रिविहीनहरुको सामाजिक संस्था नेपाल आदिवासी जनजाति नेत्रहिन संघ झापालाई नगदसहित सेतो छडी, बैशाखी लगायतका आवश्यकीय सहयता सामाग्रीहरु प्रदान गरेको हो ।

वितरण गरिएको सहयता सामाग्रीहरु नगदसहित रु २५ हजारको रहेको कार्यक्रम संयोजक समेत रहेका संस्थाका कोषाध्यक्ष पारषमणि राईले बताएका छन् ।
ती सहयता सामाग्रीहरु संस्थाका अध्यक्ष एलडी राई, प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेम कोइराला, संस्थाकी सल्लाहकार सुमित्रा वाङदेल लगायतले वितरण गरेका थिए । सहयता सामाग्रीहरु नेत्रहीन संघका जिल्ला अध्यक्ष भोजकुमार तामाङलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

संस्था स्थापना दिवसका अवसर पारेर हरेक बर्ष सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यमा सहयोग पुरयाँउदै आएको छ ।
सहयता सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथि कोइराला, सल्लाहकारहरु सुमित्रा वाङदेल, कृष्ण गोले, नेत्रहीन संघका जिल्ला अध्यक्ष भोजकुमार तामाङ लगायतले बोलेका थिए भने सञ्चालन संस्थाका सचिव दिपेनवाला राईले गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष प्रेम कोइराला

कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष एलडी राई

Leave a Reply

Your email address will not be published.