खेतका गरा गरामा पानी, उर्लावारी ८ र ९ का किसान खुसी

उर्लाबारी, १३ साउन । कुबेत सरकारको सहयोगमा बक्राहा नदी नियन्त्रण तथा सिंचाईको ब्यवस्था भएपछि मोरङको उर्लाबारी –८ र ९ का स्थानीयबासी खुसी भएका छन् ।
बक्राहा–खैदुगसरा, खैरेनी,दुर्गापुरी, गगँटे, सखुवानी र रातेहोली ० सिंचाई जल उपभोक्ता संस्था उर्लाबारी–८ लाई नदी नियन्त्रण तथा सिंचाई ब्यवस्थापनका लागि ४ करोड ७६ लाख रुपियाँ कुवेत सरकारले सहयोग गरेको थियो । दातृ निकायको सहयोगमा निर्माणभएको संरचनाले उर्लाबारी ८ र ९ को ११ सय हेक्टर जमीन बाह्रै महिना सिंचित हुने भएपछि स्थानीयवासी निकै खुसी देखिएका हुन ।

गत पुस १३ मा आयोजनाको शिलान्यास भएको थियो । १५ महिनामा निर्माण सम्पन्न हुने आयोजना पृथ्वी कन्सल्टेन्सी एण्ड इनर्जी गु्रप सर्लाहीले ५ महिनामा नै सम्पन्न गरी उपभोक्ता लाई हस्तान्तरण गरेको छ । आयोजनाको सङ्घीय सरकारले सिंचाई विभाग मार्फत ३ करोड ४१ लाख रुपियाँमा टेण्डर लगाएको थियो । पूर्व पश्चिम राजमार्ग अन्र्तगत बक्राहा नदीको पूर्व–दक्षिणमा कोशी–बक्राहा नदी नियन्त्रण कार्यालयले तटबन्धको काम समेत सम्पन्न गरेपछि साविकको राजघाटका किसानको वर्षौ देखिको सिंचाई समस्या सधैंका लागि टरेको छ ।

बाँध नहुँदा हरेक वर्ष पानीके हेडबक्स भन्दा उत्तरबाट बक्राहा खोलो गाउँ पस्ने गरेको थियो । पूलबाट दक्षिण तर्फ ५४६ मिटर बाँध निर्माण कार्य सकिएको छ । सोही बाँधसँग जोडेर उच्च बाँध र सिंचाईका लागि आवश्यक हेडबक्स र इनटेक निर्माण गरिएको बक्राहा– खैदुगसरा जलउपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद निरौलाले बताए ।

Leave a Reply

Your email address will not be published.