प्रतिबन्धित लागु औषध सहित एक जना पक्राउ

सुनसरी, १३ साउन । धरान ८ तिनकुने स्थितबाट अस्थाई प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा सागुरगढी नगरपालिका ९ का २१ बर्षीय सुजन लिम्बु रहेका छन् ।

हिजो राती १० बजे कोशी राजमार्गमा ईटहरीबाट धरान तर्फ कालो झोला बोकी पदैल आउदै गरेको उनको साथबाट प्रतिबन्धित औषधी स्पास्पाइन ६६० ट्रयाबलेट र ट्रामाडोल ७७० ट्याव्लेट सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.