साहित्य कला सङ्गमद्धारा पिएचडी गर्ने तीन जना सम्मानित

दमक,२७ असोज । साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले सोमबार २२ ओैं साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बिन्दु दाहाल( मुकदर्शक)को अध्यक्षता तथा अग्रज साहित्यकार एवम् समालोचक प्रा.डा. बद्रिविशाल पोखरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संस्थाका आजीवन सदस्यहरु मध्ये बिद्यावारिधि (पिएचडी ) गर्ने साहित्यकारहरु प्रा.डा. गोपालप्रसाद भण्डारी,डा.उत्तमप्रसाद भट्टराई ,डा. कमलप्रसाद वस्ती लाई सम्मान गरिएको थियो ।
त्यसगरि, संस्थाले गएको वर्ष कृति प्रकाशन गर्ने स्रष्टाहरु सङ्गमकी उपाध्यक्ष दुर्गा खनाल काफ्ले, महासचिव ओमप्रसाद खनाल,आजीवन सदस्यहरु त्रिलोचन रेग्मी र गोपालप्रसाद दाहाललाई समेत सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।

सभामा साहित्य समाज उर्लावारीका अध्यक्ष यज्ञ परिश्रमी,प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई , सताक्षी साहित्य समाजका अध्यक्ष उमानाथ दाहाल,मिक्लाजुङ साहित्य समाजका अध्यक्ष ईन्द्रप्रसाद घिमीरे, दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी ,साहित्य कला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डेलगायतको बिशिष्ठ आतिथ्यता रहेको थियो ।

सभाले महासचिव ओमप्रसाद खनालद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन,कोषाध्यक्ष नेत्रप्रसाद अधिकारीबाट प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक गीता कुँवरले प्रस्तुत गरेकी लेखा प्रतिवेदन सर्वसम्मतबाट पारित गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष दाहालले आफ्ना माता पिताको नाममा रु ३ लाख ५१ हजार रुपैयाको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका थिए । सोहि अवसरमा आजीवन सदस्य लिने नयाँ सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरेको थियो ।
कार्यक्रममा साहित्य कला सङ्गमका आजीवन सदस्यहरु ,कवि तथा साहित्यकारहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.