दमक रोटरीको १५ औ पदस्थापन, सागर श्रेष्ठले जिम्मेवारी सम्हाले

दमक,२८ असार । रोटरी क्लब अफ दमकका नवनिर्वाचित अध्यक्ष सागर श्रेष्ठले आफनो कार्यभार सम्हालेका छन् । शुक्रबार दमकस्थित मातृभूमि पार्टी प्यालेसमा १५औँ पदस्थापन कार्यक्रमबीच श्रेष्ठले पदीय जिम्मेवारी ग्रहण गरि आफना प्रतिवद्धता सार्वजनिक गरे ।

रोटरीका पूर्व डिस्ट्रिक्ट गभर्नर सञ्जय गिरीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अध्यक्ष श्रेष्ठको औपचारिक पदस्थापन, पद तथा जिम्मेवारी हस्तान्तरण, शपथ ग्रहण तथा नयाँ कार्यसमितिको घोषणा गरिएको थियो।

कार्यक्रममा उनले आगामी एक वर्षको कार्ययोजना प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ तथा आवश्यकताका आधारमा सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । श्रेष्ठको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिका तत्कालीन अध्यक्ष केशवकुमार अग्रवाल, सचिवमा देवेन्द्र बराल, निर्वाचित अध्यक्ष भेनस श्रेष्ठ, प्रेसिडेन्ट नोमिनीमा सञ्जु कुमार पराजुली, उपाध्यक्षमा सन्दीप साहेवाला, सहसचिव जासमिन करान्जित श्रेष्ठ, कोषाध्यक्षमा प्रेमबहादुर देवकोटा, सहकोषाध्यक्षमा रुद्रविक्रम थापा चयन भएको जनाईएको छ ।
यसैगरि, क्लब एडमिन चेयरमा सन्दीप चापागाईं (दिपु), मेम्बरसिप चेयर शान्तिराम निरौला, सर्भिस प्रोजेक्ट चेयर पुजन चौधरी, पब्लिक रिलेसन चेयर गोकुल श्रेष्ठ, टीआरएफ चेयर नवीनकुमार अग्रवाल, युथ सर्भिस चेयर ददिराम ढकाल, सर्जेन्ट एट आम्र्स भरत चौलागाईं तथा क्लब एडिटर भूपेन्द्रप्रसाद कोइरालालाई अध्यक्ष श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा नयाँ सदस्यका रूपमा वीरेन्द्रसिंह बस्नेत, कृति बिमली, उमेश धिमाल, डा.सोफिया थुलुङ, युवराज निरौला, रमेश भट्टराई, रेवत बस्नेत, ददिराम ढकाल र सन्दीप न्यौपानेलाई सदस्यता प्रदान गर्दै एसिस्टेन्ट गभर्नर भेषराज ढकालले रोटरीको बारेमा परिचय गराउनुभएको थियो।
रोटा बर्ष २०२५–२६ सफलतापूर्वक सम्पन्न गरेका निवर्तमान अध्यक्ष केशवकुमार अग्रवालले भिडिओ मार्फत आफनो कार्यकालमा रोटरीका सम्पूर्ण ७ वटा केन्द्रीय क्षेत्रसँग गरिएका सामाजिक कार्यहरुका बारेमा जानकारी गराएका थिए ।

पदस्थापन समारोहमा प्रमुख अतिथि गिरीसहित  डिस्ट्रिक्ट सचिव लक्ष्मण ज्ञवाली, क्षेत्रीय सहायक गभर्नर भेषराज ढकाल, जिल्ला गभर्नर नोमिनी अमित गिरी, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईँ, रोटरीका पदाधिकारी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

 बस्नेतलाई रोटरी पत्रकारिता पुरस्कार
सोही अवसरमा छैठौं उषा चापागाईं फाउण्डेशन पत्रकारिता पुरस्कारबाट दमक टाउन डटकमका सञ्चालक तथा पत्रकार डिकेन्द्र बस्नेतलाई पुरस्कृत भएका छन् । बस्नेतलाई सम्मानपत्र, दोसल्ला, फूलमाला तथा नगद १० हजार सहित सम्मान दमक रोटरी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।
रोटरी क्लब अफ दमकले शिक्षा, स्वास्थ्य, स्वच्छता, पर्यावरण, साक्षरता, आर्थिक विकास तथा शान्ति तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.