विर्तामोड, ७ असार । भारी वर्षाका कारण झापाको बिर्तामोड ५ स्थित नयाँ बसपार्कको सुकुम्बासी बस्तीमा रहेको एउटा तीनतले घर जमिनमा भासिएको छ ।७० वर्षीय पहलमान ठाकुरको सो घर आईतवार बिहानको राति २ बजेतिर जमिनमा भासिएको हो ।
घर ढल्किदै गएपछि त्यहाँ रहेका मानिस र केही सामानहरु बाहिर निकालिएको छ । त्यस घरमा दुईजना मात्र बस्ने गरेको प्रहरीले जनाएको छ ।घर भासिएर अन्दाजी २०–२५ डिग्रीमा ढल्किएको प्रहरीले जनाएको छ । सो घर पुरै खाली गराएको र त्यस घरवरिपरि आवात जवात नगर्न सूचित गरिदैआएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।