दमक ,२६ असोज । झापाको कमल गाउँपालिका -५ स्थित पाडाजुङ्गीमा रहेको दिल बिजुली भण्डारले एसियन पेन्टसको विक्री शुरु गरेको छ । यस क्षेत्रकै पूरानो उक्त व्यवसायिक गृहले सोमबार संक्षिप्त कार्यक्रम गरि एशियन पेन्ट्सको विक्री शुरु गरेको जनाएको हो । दिल विजुली भण्डार एशियन पेन्ट्सको एक आधिकारीक विक्रेता हो ।
उक्त व्यवसायिक गृहको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले उद्घाटन गरे ।
उद्घाटनका क्रममा उनले यस क्षेत्रका ग्राहकहरुलाई सुलभसंगै गुणस्तरीय सेवा उपलब्ध गराउन लाग्नुपर्ने औल्याए । स्थानीय बजारमा रङको मागलाई सहजै पूर्ति गर्न यस व्यवसायिक गृहले ग्राहकहरुको मन जित्ने उनले जोड दिए ।
दिल विजुली भण्डारका सञ्चालक युवा व्यवसायी प्रेम बहादुर कार्कीका अनुसार यस पसलबाट ग्राहकहरूले एसियन पेन्टस्का गुणस्तरीय र विविध रङहरू सहजरूपमा प्राप्त गर्न सक्नेछन्।
उक्त पसलले उद्घाटनका अवसरमा दशै,तिहार भरि हरेक बस्तु खरिदमा ग्राहकहरुलाई आर्कषक छुटको व्यवस्था गरिएको उनले बताएका छन् ।
विजुली लगायतका इलेक्ट्रोनिक्स समानहरुको थोक विक्री गरिआएको उक्त पसलले रंगहरुको समेत सेवा पुरयाँउन एशियन पेन्ट्सको कारोवार गर्न सेवा विस्तार गरिएको उनले जनाएका छन् ।