कमल,२ असोज । जिल्लाको कमल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि २१ लाख ११ हजार १४९ रुपैयाँ सहयोग दिने भएको छ । कमल गाउँपालिकाले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
गाउँपालिकाका अनुसार सहयोग रकममा दैवी प्रकोप कोषबाट २ लाख रुपैयाँ, जनप्रतिनिधिहरूबाट ७५ हजार ४१६ रुपैयाँ, अधिकृतस्तरका कर्मचारीहरूबाट ३ लाख १५ हजार २०० रुपैयाँ, सहायकस्तरका कर्मचारीहरूबाट १ लाख ५२ हजार २०२ रुपैयाँ, विद्यालयका शिक्षक तथा कर्मचारीहरूबाट १३ लाख १६ हजार ५६९ रुपैयाँ र कार्यालय सहयोगी तथा सवारी चालकहरूबाट ५१ हजार ७६२ रुपैयाँ रहेको छ ।
विपद्को समयमा सहयोग, सहकार्य, समन्वय र ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बताए ।