सिर्जनशिल रचना वाचनको ६६ ओैं श्रृङ्खला सम्पन्न

दमक ,३ असोज । साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले एक कार्यक्रमका बिच सिर्जनशिल रचना वाचनको ६६ ओैं श्रृङ्खला सम्पन्न गरेको छ ।

साहित्य कला सङ्गम दमकका अध्यक्ष बिन्दु दाहाल मुकदर्शकको अध्यक्षता र साहित्य कला सङगमका पूर्व अध्यक्ष साहित्यकार नरपति पाण्डेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा साहित्य समाज भुटानका अध्यक्ष तिलक राई ,उपाध्यक्ष दिल भुटानी ,प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई ,साहित्य कला सङ्गम लेखा समिति संयोजक गीता कुवर लगायतको बिशिष्ठ आतिथ्यता रहेको थियो ।कार्यक्रममा सबै स्रष्टाहरुबाट सिर्जनशिल रचना वाचन गरिएको थियो ।

रचना वाचन गर्ने साहित्यकारहरुमा साहित्यकला सङगमका उपाध्यक्षद्धययादवप्रसाद अधिकारी झाक्रिखोले , दुर्गा खनाल काफ्ले , महासचिव ओमप्रसाद खनाल , सचिव बिरेन्द्र खड्का ,सह सचिव मेघनाथ बन्धु , कोषाध्यक्ष नेत्रप्रसाद अधिकारी, सष्टाहरु किशोर खनाल, खड्ग बहादुर खड्का ,यादवप्रसाद नेपाल ,हरि पराजुली, गोपाल दहाल, अम्विकाप्रसाद सापकोटा ,पदमप्रसाद ओली,त्रिलोचन रेग्मी, त्रिलोचन उप्रेती , भुमिका चापागाई ,शान्तप्रसाद भट्टराई ,लगायत रहेका छन् ।

साहित्य कला सङगमका उपाध्यक्ष यादवप्रसाद अधिकारी झाक्रिखोलेले स्वागत मन्तव्य राखेका उक्त कार्यक्रमको सन्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गरेका थिए ।कार्यक्रममा पहिलो पटक आउने स्रष्टाहरु तिलक राई र दिल भुटानीलाई खादा ओडाएर सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.