एमाले दमकको अध्यक्ष पौडेल निर्वाचित

दमक ,१२ जेठ । नेकपा (एमाले) दमक नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार दोश्रो अधिवेशनको निर्वाचनबाट रामप्रसाद पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।नगर कमिटी अध्यक्षमा निर्वाचित पौडेलले खसेको कूल ३५८ मत मध्ये १६४ मत प्राप्त गरेर विजयी भए ।युवा संघ दमकका पूर्व अध्यक्ष समेत रहेका पौडेलसंगै अध्यक्षका लागि भगवान बस्नेत, युवराज घिमिरे र सन्तोष दुलाल समेत प्रतिस्पर्धीका रुपमा उत्रिएका थिए ।
पौडेलसंग प्रतिष्पर्धामा रहेका युवराज प्रतिष्ठित व्यवसायी हुन् भने बस्नेत जिल्लाकै स्थापित इटा उद्योगी हुन् भने दुलाल विद्यार्थी फाँटबाट राजनिितमा उदाएका व्यक्तित्व हुन् । यसैगरि, निर्वाचित पदाधिकारी तर्फ उपाध्यक्षमा उर्मिला ओली १८८ मत ल्याएर निर्वाचित भएकी छिन् भने सचिवमा गिरेन्द्र चम्लागाइँ १८१ मतसहित निर्वाचित भएका छन् । त्यस्तै उपसचिव खुल्ला तर्फ झसराज ढकाल र महिला तर्फ सीता कार्की निर्वाचित भएका बताइएको छ ।
उपाध्यक्षमा निर्वतमान उपाध्यक्ष समेत रहेका दमक ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) ,सहसचिवमा उम्मेदवारी दिएका युवा संघका निर्वतमान नगर अध्यक्ष डेन्जोङ लामा पनि निर्वाचनबाट पराजित हुन पुगेका थिए ।निर्वाचनबाट युवा पत्रकार भूमिराज पराजुली लगायतकाहरु सदस्य पदमा निर्वाचित भएका छन् ।एमाले दमक नगर कमिटीको यो अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
शिवसताक्षीमा दंगाल निर्वाचित
एमाले शिवसताक्षीको अध्यक्षमा मेदनी दंगाल निर्वाचित भएका छन् ।पार्टीको दोस्रो नगर अधिवेशनबाट दंगाल २५४ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा बिष्णुप्रसाद प्रसाई १९५ ,सचिव लक्ष्मी गुरागाँई २४१ ,उपसचिवमा सागर राई २१० र महिला उप–सचिवमा कल्पना चम्लागाँई(कोपिला) निर्विरोध निर्वाचित भएको जनाइएको छ ।
यसैगरि, एमाले गौरादह नगर अध्यक्षमा गजेन्द्र घिमिरे निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published.