लाइफलाइन अस्पतालको तनाव साम्य, मृतकका परिवारलाई क्षतिपूर्ति दिने

दमक ,७ जेठ । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा एक बिरामीको मृत्यु भएको दुई दिन पछि सहमतिमा आएका छन् ।पाँचथर तुम्वेवा गाउँपालिका वडा नं. ५ की सुनिताकुमारी कुरुम्वाङ लिम्बूको आइतबार बिहान मृत्यु भएपछि आफन्तले शव बुझ्न इन्कार गर्दै अस्पताल परिसरमा नाराबाजी गरेपछि अवस्था तनावपूर्ण बनेको थियो ।
गत वैशाख १२ गते लिभरको समस्या भएपछि उपचारका लागि सुनितालाई लाइफलाइन अस्पताल ल्याइएको थियो । अस्पतालको लापरबाहीले यो अवस्था आएको भन्दै मृत्युको कारण अस्पताल नै भएको आरोप लगाउँदै मृतकका आफन्तहरू दुई दिन देखि अस्पताल परिसरमा विरोध जनाइरहेका थिए ।आइसियु कक्ष अगाडि नै मृतकका आफन्तहरू धर्नामा बसेपछि अन्य बिरामीको उपचार पनि प्रभावित बनेको अस्पतालले जनाएको छ ।
सोमबार साँझ अस्पताल प्रशासन र मृतकका आफन्तबिच भएको छलफलमा मृतक परिवारलाई ५ लाख १५ हजार रुपैयाँ उपलब्ध गराउने विषयमा सहमति भएको छ । सहमति पश्चात् दुई दिनदेखि अस्पतालको आइसियु कक्षमै राखिएको सब बुझ्न मृतकका आफन्तले सहमति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.