दमक रोटरीद्धारा स्वास्थ्य शिविर

दमक,७ जेठ । रोटरी क्लव अफ दमकले आइतवार दमक -३ मा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा तीन सय बढी लाभान्दित भएका छन् ।स्थानीय चुलाचुली आधारभूत विद्यालयमा आयोजना गरेको दन्तसहित पाँठेघर तथा स्तन क्यान्सर सम्बन्धी शिविरमा ३३५ जनाले स्वास्थ्य सेवा पाएका छन् ।
जसअन्तर्गत शिविरमा २६४ जना विद्यार्थीहरुको दाँत तथा ७१ जना महिलाहरुले पाठेघर तथा स्तनको क्यान्सर परीक्षण गराएका आयोजक संस्था रोट्री क्लव अफ दमकका सचिव भेनष श्रेष्ठले बताए । शिविरमा विराट क्यान्सर इन्स्टिच्युट विराट टिचिङ हस्पिटल, ओम शान्ति डेन्टल हस्पिटलले प्राविधिक सहयोग पुरयाँएका थिए ।
रोटरी क्लव अफ दमकका अध्यक्ष पदम बरालको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको शिविरमा रोट्रीका अगुवाहरु,स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.