दमक बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरुसंग अन्तरकृया

दमक, ७ जेठ । पूर्वकै ठुलो सामुदायिक क्याम्पसका रुपमा परिचित दमक बहुमुखी क्याम्पसले शैक्षिक विकासमा जोड दिन सरोकारवालाहरुसंग छलफललाई तीव्र बनाएको छ ।यसैक्रममा क्याम्पसले आइतवार पूर्व विद्यार्थी समाजका पदाधिकारी तथा सदस्यहरु तथा पूर्व विद्यार्थीहरुको वैठक बसेर शैक्षिक सुधारका विषयमा अन्तरकृया गरिएको छ ।
दमक बहुमुखी क्याम्पस उच्च शिक्षा सुधार उपसमितिको आयोजनामा भएको अन्तरक्रियामा सहभागीहरुले पूर्व क्षेत्रकै सानका रुपमा रहेको यो क्याम्पसको गरिमालाई उचो बनाउन समुदाय आफैं सक्रिय हुनुपर्नेमा जोड दिए ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापा लगायतको उपस्थितिमा आयोजित अन्तरकृयामा सहभागिहरुले क्याम्पसको शैक्षिक सुधारका लागि सञ्चालन गरिनुपर्ने कार्यक्रम र योजनाहरुको बिषयमा विचार विमर्श गरिएको थियो ।
उच्च शिक्षा तथा गुणस्तर सुधार उप समितिका संयोजक सुरेस सुव्वाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारी,सदस्य शेरबहादुर भट्टराई ,संविधान सभा सदस्य तथा क्याम्पसकी सदस्य महेन्द्रकुमारी लिम्बू , क्याम्पस प्रमुख यज्ञराज गिरी, निर्वतमान क्याम्पस प्रमुख डा.नेत्रबहादुर वुढाथोकी , प्राध्यापक संघका सभापति सुमनकुमार नेपाल उपप्राध्यापक रामचन्द्र अधिकारी,सहायक क्याम्पस प्रमुख प्रेमप्रसाद संग्रौला, फोकल पर्सन रत्नबहादुर थापा , प्रशासकिय अधिकृत पदमप्रसाद घिमिरे ,स्ववियू सभापति सोविम न्यौपाने ,पूर्व विद्यार्थी समाजका अध्यक्ष डा. लेखनाथ सेडाईँ लगायत सो क्याम्पसमा अध्ययन पूरा गरेका पूर्व विद्यार्थीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
यसैगरि, क्याम्पसको प्रकाशन इकाईले शैक्षिक गुणस्तर अभिबृद्धि गर्न जर्नल सम्बन्धी विद्यार्थी,अध्यापकहरुसहित सञ्चालक समितिबीच छलफल गरिएको छ । विद्यार्थीहरुको शैक्षिक अनुसन्धान तथा अध्ययन कृयाकलापलाई थप सवल बनाउन सहयोग पुरयाँउने उद्देश्यले त्यस किसिमको कार्यक्रम सञ्चालन गरिएको प्रकाशन इकाईका संयोजक प्राध्यापक धनञ्जय बाँस्कोटाले बताए ।यस्तै, क्याम्पसले विद्यार्थी संगठनहरुका प्रमुख तथा प्रतिनिधिहरुसंग समेत शैक्षिक सुधारका विषयमा अन्तरकृया गरिएको क्याम्पस प्रमुख गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.