अटो मेकानिक्स व्यवसायी संघको नेतृत्व चयन

दमक,६ जेठ । नेपाल अटो मेकानिक्स व्यवसायी संघ दमकको अध्यक्षमा पुनः चिन्तामणी तिम्सिना चुनिएका छन् ।अटो मोकानिक्ससँग सम्बन्धित व्यवसायमा लामो समयको अनुभव सम्हालेका तिम्सिनाको अध्यक्षतामा संघको दमक नगर कमिटी पुनर्गठन गरिएको हो ।
शुक्रबार दमक उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित व्यवसायीहरुको भेलाले साविकको नगर कमिटीलाई संशोधन गर्दै जिम्मेवारी हेरफेर गरेको हो ।नगर कमिटीको उपाध्यक्षमा दिनेश थापा, सचिवमा तारा श्रेष्ठ , सहसचिवमा विशाल अधिकारी र कोषाध्यक्षमा पुष्प पाण्डे चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रेम आचार्य , पूर्ण सम्राट राई, जमुना तामाङ, गोपाल अधिकारी, किशोर दंगाल र जुबेर आलम रहेका छन् ।
वरिष्ठ सल्लाहकारहरुमा सुमन सेढाइँ, दुर्गा गौतम र हरि अधिकारी चुनिएका छन् ।
व्यवसायीहरुले अटो मेकानिक्स व्यवसायलाई विश्वसनिय, भरपर्दो र गुणस्तरीय बनाउन आवश्यक कदम चाल्ने निधो पनि गरेका छन् । उनीहरुले यो व्यवसायका नाममा आम सर्वसाधारणहरु ठगिनु नपरोस भन्ने उद्धेश्यसहित केही कार्य योजनाहरु समेत ल्याइने बताएका छन् ।

Leave a Reply

Your email address will not be published.