शिवसताक्षीमा मेयर कप : फूटवलको उपाधि वडा नं ११ लाई

शिवसताक्षी ,५ जेठ। झापा शिवसताक्षीमा जारी मेयर कप फूटवलको उपाधि शिवसताक्षी वडा नं ११ले उचालेको छ । वडा नं ८ लाई ट्राइबेकरमा ५–४ गोल अन्तरले हराउँदै वडा नं। ११ ले उपाधि हात पारेको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट गोल रहित बराबरी भए पनि खेल ट्राइबेकरमा धकेल्लिएको थियो ।

उपाधि हात परेसँगै वडा नं। ११ ले नगद ७० हजार सहित ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता वडा नं ८ ले ४० हजार नगद सहित ट्रफी मेडल, प्रमाण पत्र प्राप्त गरेको शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिले जनाएको छ ।

खेलको म्यान अफदी म्याच वडा नं.११ का कुमार श्रेष्ठ घोषित भए । उत्कृष्ट गोल किपर वडा न.८ का विशाल घतानी, उत्कृष्ट डिफेन्डर वडा नं. ८ का दावा तामाङ्ग, उत्कृष्ट मिटफिल्डर वडा नं. ११ निकेश श्रेष्ठ, उत्कृष्ट फरवार्ड वडा नं. ११ आकाश पौडेल, सर्वोत्कृष्ट खेलाडी वडा नं. ८ का विशाल थिङ घोषित भएका छन् । हाइस्कोर वडा नं. ११ का आकाश पौडेल र निकेश श्रेष्ठ घोषित भएका छन् ।

भलिवलको उपाधि वडान. ७ लाई
त्यस्तै गरी भलिबल तर्फको उपाधि हात पारेको शिवसताक्षी ७ ले ५० हजार र उपविजेता बनेको शिवसताक्षी ११ले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

क्रिकेटको उपाधि वडान. ९ लाई
त्यसैगरी क्रिकेट विधाको उपाधि वडा नं. ९ ले हात पारेको छ । उपाधि हातपारेसँगै नगद ५० हजार र उपविजेता बनेको वडा नं.११ले नगद ३० हजार प्राप्त गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

व्याडमिन्टनको उपाधि वडा नं ९ लाई

त्यसैगरी व्याडमिन्टन खेल तर्फको वडा नं ९ ले उपाधि उचालेको छ । उपाधि हात पारेसँगै ९ ले १० हजार र उपविजेता बनेको शिवतसाक्षी ११ले ६ हजार नगद सहित पुरस्कार प्राप्त गरेको छ ।
१० वडालाई कराँतेको उपाधि
त्यस्तै गरी कराँते विधा तर्फको विजेता वडा नं. १० भएको छ । भने वडा न ८ उपविजेता बनेको छ । दुवै टिमले नगद तथा प्रमाण पत्र प्राप्त गरेका छन् । सबै विधाका विजेता उपविजेता टिमका खेलाडीहरुलाई शिवसताक्षी नगर प्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, योजना अधिकृत प्रकाश चौधरी, लेखा अधिकृत प्रकाश योङ्गहाङ लगायतले नगद तथा प्रमाण पत्र प्रदान गरेका छन् ।

मेयर कप बैशाख ३० गतेबाट सञ्चालन भएको थियो भने, नगरका ११ वटै वडाहरुको टिमले सहभागीता जनाएका थिए । मेयर कप शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको थियो ।

Leave a Reply

Your email address will not be published.