भुटानी शरणार्थीद्धारा स्वास्थ्य सामाग्री प्रदान

दमक,३ जेठ । तेश्रो मुलुक पूनर्वास भएका भूटानी शरणर्थीहरुले कोरोना संक्रमितहरुका लागि चाहिने स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
यहाँस्थित दमक अस्पताल कोभिड विशेष उपचार केन्द्रलाई पीपीइ, अक्सिजन नाप्ने पल्स अक्सिमिटर, सेनिटाइजर, माक्स लगायतका सामाग्री प्रदान गरिएको हो ।
दमकको वेलडाँगी भुटानी शरणार्थी शिविरका पूर्व सचिव टिकाराम रसाइलीको अगुवाईमा ‘आँशु पुँछौं ’ नामक सहयोगी संस्थामार्फत रु एक लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको शरणार्थी शिविरका पूर्व सचिव युवराज राईले वताए ।
यस्तै संस्थाले अस्पतालमा खटिने प्रहरी, दमक वडा न. २ र ३ का जनप्रतिनिधिलाई सेनिटाइजर जस्ता स्वास्थ्य सामाग्रीहरु समेत उपलव्ध गराएको छ ।
यस्तै सामाग्री हस्तान्तरण गर्दै फेन्स क्लव बीआरसीका अध्यक्ष तथा पूर्व शिविर सचिव समेत रहेका राईले कोरोना संक्रमितको उपचारमा चाहिने भेन्टिलेटर मेशिन खरिद गर्नका लागि रु १० लाख जम्मा गरिने कार्य भईरहेको वताए ।
शरणार्थी बसोबास गरिएको खाली क्षेत्रमा गत बर्ष एचडीयूसहितको ३० वेडको कोभिड अस्पताल यसअघि कोभिड अस्पताल निर्माण गरिएको नगरपालिकाले जनाएको छ । अहिले त्यस अस्पतालमा शरणार्थीसहित दुई दर्जन संक्रमित उपचारत रहेको नगर स्वास्थ्य शाखाका बद्रि बरालले बताए ।

Leave a Reply

Your email address will not be published.