‘जबरजस्ती विशेष अधिवेशन गर्नेले पार्टी डुबाए’

शिवगंज २६ कात्र्तिक। नेपाली कांग्रेस झापा क्षेत्र नं. ४ क्षेत्रीय समितिले विहिबार शिवगञ्जमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । नेपालीहरुका चाडपर्व तिहार, छठ, नेपाल सम्बत, उद्यौली लगायतका चाडपर्वहरुको अवसर पारेर सो कार्यक्रममा आयोजित सो कार्यक्रममा बोल्दै नेताहरुले पार्टीमा केहि स्वार्थ नेताहरुको विधान विपरीत गतिविधिबाट अहिले कांग्रेस निकै संकटमा पुगेकाले त्यसलाई बचाउन इमान्दार ,सच्चा कार्यकर्ताहरु एक हुनुको बिकल्प नभएको औल्याएका थिए ।
पार्टीकी कोशी प्रदेश संयोजक गोमा भट्टराईले जबरजस्ती विशेष महाधिवेशन गरेर पार्टीलाई बिभाजितको अवस्थामा पुर्याएको आरोप लगाईन् ।
कार्यक्रमका विशेष अतिथी नेपाली कांग्रेस झापाका सभापति कृष्ण हुमागाँईले केन्द्रीय समितिको निर्णय बिपरित, निर्वाचित सभापतिको उपस्तिथि बिना एउटा जिल्ला सभापतिको सभपतित्वमा भएको भनिएको विशेष अधिवेशन प्रक्रिया बिपरित भएकोले सम्मानित सर्वोच्च अदालतले बदर गरेर १४ औं महाधिवेशनबाट निर्वाचित समितिलाई न्याय दिने बिश्वास व्यक्त गरे ।
कांग्रेसका बैचारिक नेता डाक्टर खगेन्द्र पाण्डव अधिकारीले दुइजना महामन्त्रीको अति महत्वकांक्षाले नेपाली कांग्रेसलाई ठूलो क्षती भएको हुँदा उनीहरुले राजीनामा गरेर पार्टीभित्र एकताको वातावरण बनाउनु पर्नेमा जोड दिए ।
अग्रज आदिवासी नेता सुर्यनारायण ताजपुरियाले पार्टीलाई कब्जा गरेर जना र कार्यकर्ताको मन र बिचार कब्जा गर्न नसकिने बताउदै दुइजना महामन्त्रीको गतिविधिले काग्रेस पार्टीलाई ९० सिटबाट १८ सिटमा खुम्च्याएको आरोप लगाए ।
नेपाली कांंग्रेस झापा ४ नं. क्षेत्रीय सभापति अधिकचन ताजपुरियाको सभापतित्वमा शिवजन्ज जताताचोकस्थित टाइगर हलमा आयोजित सो कार्यक्रमलाई एमालेबाट निर्वाचित वडाध्यक्ष सिकिन पासवान, नेकपा जिल्ला सदस्य निशा लिम्बू, रास्वापाका टेकनाथ अधिकारी लगायतका वक्ताहरुले नेपालको पहिलो लोकतान्त्रिक पार्टी नेपाली काग्रेसले हरेक राजनैतिक आन्दोलनको नेतृत्व गरेको हुँदा काग्रेससँग राम्रा कुरा सिक्दै सहकार्य गरेर आफुहरु अघि बढन तयार रहेको बताउँदै नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना प्रकट गरेका थिए ।
शिवसताक्षी नगर सभापति रामकुमार दाहालले स्वागत मन्तब्य राखेको सो कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव हरि ढकालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.