बिर्तामोड , ३ जेठ । जिल्लाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोनाका कारण मृत्यु भएको छ ।
२० दिनअघि स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा आज दिउँसो २:३० मिनेटमा निधन भएको बीएन्डसी अस्पतालका सम्पर्क अधिकृत प्रमिश गिरीले बताए । उनलाई वैशाख १७ गते थप उपचारका लागि बीएन्डसीमा भर्ना गरिएको थियो।
बिएण्डसीमा लामो समयदेखि उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।
उनको वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । कोरोना पोजेटिभ भएपछि ३ दिन अर्जुनधारा नगरपालिकाको होम आइसोलेसनमा बसेका थिए ।
संखवासभा निवासी उनका श्रीमती, २ छोरा र एक जना छोरी छन् ।
उनी एक कुशल राष्ट्र सेवकको रुपमा परिचित थिए । उनको निधनले अर्जुनधारा नगरपालिका तथा झापाबासी स्तव्ध बनेका छन् ।