तराईमा किसानलाई मकै थन्क्याउन चटारो


दमक ,२६ बैशाख । मुलुकलाई कोरोना भाईरसको महामारीले आक्रान्त बनाईरहेको समयमा किसानलाई भने कृषिको चटारो शुरुभएको छ । विशेष गरेर तराईका गाउँघर तिर यतिबेला मकै थन्क्याउने चटारोमा किसान परेका छन । कोरोना भाईरसको महामारीले सिङो मुलुकैनै ठप्प प्राय बनेको भएपनि किसानलाई भने यो बिषम परिस्थितीमा पनि बारीमा पाकेका मकैको व्यावस्थापन गर्ने चिन्ताले सताएको छ । झापा ,दमक १० का किसानलाई यति बेला मकै थन्क्याउने चटारो शुरु भएको छ ।

मुलुकमा महामारीकै रुपमा फैलिरहेको कोरोना संक्रमण र बैशाख यता शुरुभएको लगातारको बर्षाले कृषि कार्यमा थप समस्या भएको दमक १० का किसान रमेशकुमार न्यौपानेले गुनासो गरे । हालको बिषम परिस्थितीकै बिच बारीमा लगाएको अनाज थन्क्याउने समयपनि भएको र मौषमपनि अनुकुल नहुदा झनै समस्या भएको किसान न्यौपानेको भनाई रहेको छ । न्यौपानेले यो वर्ष करिब एक बिगाह क्षेत्रफलमा चैते मकैको खेती गरेका भएपनि मौषम अनुकुलन नहुदा समस्या हुदैगएको गुनासो गरे । किसानले लगाएको मकै बालीमा केहि दिन अघि आएको हावापानीले पनि मकैका बोटमा आंशिक रुपमा क्षति पुरयाएको थियो ।

पाकिसकेका मकै हावाले भाचिदिएपछि निरन्तरको बर्षाले दुहिने होकी भन्ने चिन्ता पनि उत्तिकै बढेर गएको न्यौपानेले बताए । न्यौपाने जस्तै यस क्षेत्रका धेरै किसानले हाइब्रेड जातका मकैको थोर बहुत खेती गरेका छ । कृषि पेशा संगै पशुपालन व्यावसाय अंगाललेका किसानकालागि मकै खेती अनिवार्य जस्तै मानिन्छ । कृषि क्षेत्रमा मदजुर नपाउने समस्या एकातिर छ भने मुलुकमा फैलिएको कोरोना महामारीको त्राससंगै कृषि क्षेत्रकालागि मौषमपनि अनुकुल नबन्दा खेतीमा गरेको लागानीनै डु्ब्नेहोकी भन्ने चिन्ता पनि किसानमा उत्तिकै रहेको छ ।

मंहगो विउ, मलखाद्य खरिद गरेर उच्च लागतमा दुःखले लगाएको बाली भित्रयाउन सहज नहुदा लगानीनै डुब्ने हो की भन्ने चिन्ता किसानलाई थपिएको छ । मंसिर महिनामा लगाएको मकै बैशाख अन्तिम सातामा किसानका बारीभरि पाकेका छन । तर यो वर्षपनि अनुकुल बातावरण नबन्दा किसानले सोचे जस्तो गरि मकै थन्क्याउन र उचित बजार मुल्य पाउने संभावनापनि कमै रहेको देखिएको छ।

Leave a Reply

Your email address will not be published.