युनाईटेड शाकोसको अध्यक्षमा तिवारी

दमक ,१४ कार्तिक । झापाको कमल गाउँपालिका -५ मंगलवारेमा अवस्थित युनाईटेड बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विरेन्द्र तिवारी निर्वाचित भएका छन् ।
संस्थाको शनिवार सम्पन्न २३औं बार्षिक चुनावी साधारणसभाले तिवारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको हो ।युवा व्यवसायी तिवारी यसअघि सहकारीका उपाध्यक्ष थिए ।
निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा दिलकुमारी गुरुङ, सचिवमा विष्णु कुमार अधिकारी र कोषाध्यक्षमा दिलकुमारी राई निर्विरोध चयन भएका हुन् । यसैगरि, सञ्चालक समितिको सदस्यहरुमा राजु राई, कमल विश्वकर्मा र मोहनकुमार खरेल निर्वाचित भएका छन् ।
यसैगरि, लेखा सुपरीवेक्षण समितिको संयोजकमा पुनः भानुभक्त निरौला र सदस्यद्धयमा तुलसी प्रसाद तिवारी,देवीमाया राजवंशी चुनिएका छन् । संस्थाको सञ्चालक तथा लेखा समितिको निर्वाचन सम्पन्न गर्न तिर्थ ताजपुरियाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.