चट्याङमा परी मोरङमा एक जनाको मृत्यु अन्य दुई जना घाईते

मोरङ २६ बैशाख, आज बिहान पानी सहित परेको चट्याङमा परी मोरङमा १ जनाको मृत्यु भएको छ । भने अन्य २ जना घाईते भएका छन् । आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० बर्षीय प्रबिन माझीको चट्याङमा परी मृत्यु भएको छ । बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्ममा परी गम्भिर घाईते भएका माझीको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाऊपालिका ६ पोखरिया का ४५ बर्षीय मुक्तर मिया अन्सारी र निजकी श्रीमती २६ बर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसि रहेको अवस्थामा चट्याङको झट्का लागी घाईते भएका छन । उनिहरुको कोशी अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.