मौसमले शुरु गरे चपेटीमा ‘भन्ज्याङ रिसोर्ट ’

दमक,२४ बैशाख । दमकमा लामोसमयदेखि कलाकारितासंगै सैलुन व्यवसायमा क्रियाशील युवा मौसम राईले इलामको चुलाचुलीमा रहेको पर्यटकीयस्थल चपेटीमा ‘भन्ज्याङ एग्रो टुरिज्म रिसोर्ट ’सञ्चालनमा ल्याएका छन् ।
रिसोर्टको बैशाख २१ गते नेपाली फिल्मी उद्योगकै चर्चित नायक दयाहाङ राई र चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटनका अवसरमा बैशाख २१ देखि २८ बैशाखसम्म रिसोर्टले आफना ग्राहकहरुको सुविधाका लागि आर्कषक छुटको व्यवस्था गरिएको सञ्चालक राईले बताए । आफ्नै लगानी र मेहनतमा टुरिजम क्षेत्रमा केही गरौँ भन्ने आत्मविश्वासका साथ यस रिसोर्ट सञ्चालनमा ल्याईएको राईले बताए ।
उनका अनुसार शहरको कोलाहलबाट मुक्त भई शान्त र मनोरम परिवेशमा रम्न चाहनेहरुका लागि चपेटी दुदे पुल नजिक यो रिसोर्ट सञ्चालनमा ल्याईएको हो । रिसोर्टमा केही समयपछि नै यहीँ फलेका अग्र्यानिक तरकारीदेखि लिएर यहि पालिएका लोकल कुखुरा ,बंगुर लगायतका मासुका परिकार ढुङगामा पोलेर खान पाइने उनको भनाई छ । उनले भने, –‘ यस रिसोर्टको विशेषता भनेको ढुङगामा मासु पोलेर खाने पाइने हो ।’
पूर्ण पारिवारिक वातावरणका साथ सेवा प्रदान गरिने भनिएको रिसोर्टमा हाललाई आरामदायी शयन कक्षका साथमा रेष्टुराँ, गार्डेन रेष्टुराँ र बारको ब्यबस्था छ । चाडै सेमिनार र सभा हल पनि बनाउने लक्ष्य राखिएको उनले सुनाए ।
दमक चौकबाट करीब १० किलोमिटर दुरीमा बेलडाँगी हुँदै जादाँ भुटानी शरणार्थी शिविर, किराँत महागुरु तथा राष्ट्रबिभूति महागुरु फाल्गुनन्दको शालिकसहितको धार्मिक माङहीम र त्यस क्षेत्रमा रहेका परम्परागत शैलीका काठका घरहरुले त्यहाँ जाने पर्यटकको ध्यान खिच्ने सर्वसाधारणको भनाई छ । प्राकृतिक सौन्दर्यता, झोलुङगे पुल र शान्त वातारवरणका कारण यस क्षेत्र आन्तरिक पर्यटकहरुको आर्कषण बढ्ने स्थानीय शिक्षक समेत अग्रज साहित्यकार सुन्दर कुरुप बताउँछन् ।
रिसोर्टमा आउने पारखीहरुलाई थप मनोरञ्जन प्रदान दिनहुँ जसो कलाकारहरुले मनोरञ्जन प्रदान गरिआएका छन् । यसक्रममा उद्घाटनमा कलाकार दयाहाङसहित उनीद्धारा अभिनीत मनसरा फिल्मका कलाकारहरुले सहभागिता जनाउदै मनोरञ्जन दिलाए भने बैशाख २२ गते सुन्दर कुरुपको एकल गजल साझ , बैशाख २३ गते सिद्धान्तले भरपूर मनोरञ्जन प्रदान गरेका संचालक राईले बताए ।

Leave a Reply

Your email address will not be published.