ज्येष्ठसहित दमक जेसीजलाई ‘दउवा’ संघको सहयोग

दमक ,२३ बैशाख । दमक उद्योग वाणिज्य संघले ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमक र दमक जेसिजलाई सहयोग गरेको छ ।संघले लामोसमयदेखि ज्येष्ठ नागरिकको अधिकार र सुरक्षामा काम गरिआएको दमकको सो संस्थाको नियमित कार्यसञ्चालनमा सहयोग पुरयाँउन उद्देश्यले एकथान कम्प्यूटरसहित दमक जेसीजलाई नगद रु २५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
आइतवार संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष देवीप्रसाद गुरागाईं (गोपाल ) र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकूल श्रेष्ठले प्रतिष्ठानका अध्यक्ष दुर्गा पौडेल र उपाध्यक्ष शिव काफ्लेलाई कम्प्यूटर हस्तान्तरण गरेका हुन् ।
यसैगरि, दमक – ८ स्थित जेसीजको सामुदायिक भवन निर्माणमा सहयोगार्थ २५ हजार रुपैयाँ हस्तान्क्तरण गरेको छ । सो सहयोग रकम दमक जेसिजका अध्यक्ष रामचन्द्र अधिकारी, निर्माणाधीन भवन निर्माण समितिका संयोजक चन्द्र खत्री लगायतलाई हस्तान्तरण गरिएको थियो ।
यसैविच पूर्वी भ्रमणमा आएको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापा (मगर) सहितको टोली र काभे्रस्थित पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीसहितको टोलीलाई दमक उद्योग वाणिज्य संघले स्वागत गरेको छ । उनीहरुलाई खादा ओढाएर स्वागत तथा सम्मान गरिएको थियो ।
सहयोग हस्तान्तरण तथा स्वागत, सम्मान सो कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य गोकुल श्रेष्ठले देशलाई समृद्ध बनाउन सबै क्षेत्रको हातेमालो आवश्यक भएको बताए ।
संघका अध्यक्ष गुरागाईंले ठूलो सहयोग गर्न नसकिएपनि एउटा संस्थाले अर्को संस्थालाई गरेको सानो सहयोगले हौसला बढाउने भन्दै यसका लागि संघले स्थानीय दुईओटा संस्थालाई हौसला बढाउने कार्य गरेको बताए ।
संघका तृतीय उपाध्यक्ष रुवल अधिकारीले सञ्चालन गरेको कार्यक्रममा द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेल, लेखा समिति संयोजक नेत्र चौलागाईं, दमक जेसीजका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.