स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर ,८ कार्तिक । स्कुटरको ठक्करबाट उदयपुरको त्रियुगामा एक जना पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार यसरी ज्यान गुमाउनेमा त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलका रामबहादुर कार्की रहेका छन् ।
प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका कार्कीलाई शनिबार बेलुकी त्रियुगा –११ को सङ्गम टोलस्थित पिपलचोकमा ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।
दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा–११, ढिम्की निवासी दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.