भिसी बेघाको स्मृतिमा शालिकसहित प्रवेशद्धार उद्घाटन

दमक,११ बैशाख । अनेरी क्याप्टेन भिसी स्व. रामबहादुर बेघाको स्मृतिमा दमकमा शालिक सहित प्रवेशद्धार निर्माण गरिएको छ ।दमक -६ स्थित भिसी रामबहादुर बेघा एमभिओ प्रतिष्ठानले स्व. बेघाको स्मृति दिवसका अवसर पारेर प्रतिष्ठान हाता भित्र निर्माण गरिएको अर्धकदको शालिक र प्रवेशद्धार (गेट) को उद्घाटन गरिएको हो ।
सोमबार प्रतिष्ठानमा आयोजित कार्यक्रमका बीच शालिक र प्रवेशद्धारको गोर्खा वेलफेयर ट्रष्ट नेपालका प्रमुख कर्णेल पाउल स्मिथ र स्व. वेघाकी धर्मपत्नी तथा प्रतिष्ठानकी संस्थापक संरक्षक पुनिमाया चाम्लिङ बेघाले संयुक्त रुपमा उद्घाटन गरे । स्व. बेघाको स्मृतिमा निर्मित ती दुवै संरचना बेघा परिवारको रु ३० लाख लगानी रहेको छ ।
प्रतिष्ठानका अध्यक्ष मोहनसिं थेवेको अध्यक्षतामा भएको सो समारोहमा सहभागि वक्ताहरुले भिसी स्व. बेघाले स्वदेश तथा विदेशसम्म पुरयाँएको योगदान माथि चर्चा गरेका थिए ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, नगर उपप्रमुख रेगिना प्रसाईं , धरान उपमहानगर पालिकाका उपप्रमुख आइन्द्र बिक्रम बेघा, दमक ६ का वडाअध्यक्ष टेकबहादुर थापा,बिटिस वेल्फेयर दमकका अफिसर खेमराज मादेन , इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी निसान थापा ,प्रतिष्ठानका पूर्व अध्यक्ष हस्त बहादुर बेघा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षकहरु चन्द्रप्रकाश बेघा, जीवन कृष्ण बेघा, भानु बेघा, इन्द्रकुमारी देवान बेघा, निनाम्मा बेघा ,भूपू बिट्रीस तथा भारतीय गोर्खा सैनिक संघसंगठनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको प्रतिष्ठानका उपाध्यक्ष मोहन बेघाले बताएका छन् ।
विस. १९९२ साउन २१ गते जन्मिएका भिसी बेघाको ८८ बर्षको उमेरमा गत बैशाख ९ गते निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published.