अमेरिकी पूर्व उपराष्ट्रपति वाल्टरको निधन


अमेरिकी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डालेको सोमबार निधन भएको छ। सो कुराको जानकारी उनका छोरोले सोमबार नै विज्ञप्तिमार्फत् गराएका अमेरिकामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनी अमेरिकाका राष्ट्रपति जिम्मी कार्टरको समयमा उपराष्ट्रपति थिए। त्यसैगरी पूर्व उपराष्ट्रपति वाल्टर मोन्डाले सन् १९८४ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट मनोनित पनि भएका थिए।

मोन्डालेलाई कुनै त्यस्तो रोग नरहेको र सोमबार निधन उनको परिवारले जनाएको छ। उनी उपराष्ट्रपति हुनुभन्दा अगाडि नै अमेरिकाको सिनेटर थिए। उनी १२ वर्ष सम्म अमेरिकाको सिनेटर भएका थिए। अमेरिकाको मिनेसोटाबाट प्रतिनिधित्व गरेर उनले १२ वर्षसम्म सिनेटरका रुपमा सेवा गरेका थिए।

उनी अमेरिकामा बिल क्लिन्टन राष्ट्रपति भएको समयमा जापानका लागि अमेरिकी राजदूत पनि भएका थिए। मान्डाले ९३ वर्षका थिए।

Leave a Reply

Your email address will not be published.