एमाले प्रदेश कमिटी सदस्य योङया खानेपानीको सदस्यमा पराजित

दमक ,२४ चैत । नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष घनेन्द्रराज योङया दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सदस्यमा हारेका छन् ।
शुक्रवार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार उनी क्षेत्र न. १ ( दमक वडा १ र २ ) बाट नेपाली कांग्रेस दमक १ का वडा सभापति समेत रहेका गजेन्द्र देवानसंग नराम्ररी पराजित भएका हुन् ।
यसअघि दुई पटक सदस्य भईसकेका योङयालाई झण्डै दोव्वर मतान्तरले देवानले जित हासिल गरेका हुन् । देवानले ४५६ मत ल्याए भने उनका प्रतिष्पर्धी योङयाले २७५ मत पाएका थिए । निर्वाचनमा एमाले गठबन्धनले बहुमत ल्याए अध्यक्षका दावेदार मानिएका थिए । राप्रपा हुदै पछिल्ला समय कांग्रेसको राजनीतिमा सक्रिय योङया गएको स्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका थिए ।
निर्वाचनमा सत्तारुढ एमालेसहित माओवादी केन्द्र ,जसपाको गठबन्धन थियो भने कांग्रेसहित राप्रपा र लिम्बूवानको अर्को गठबन्धन बनेको थियो ।

Leave a Reply

Your email address will not be published.