बिर्तामोड ,५ असोज । विर्तामोड निवासी जिल्लाका अग्रज पत्रकार इन्द्रसिंह राजवंशी सम्मानित भएका छन् । बिर्तामोड -५ स्थित जनश्रुती महिला बचत तथा ऋण सहकारी संस्थाले सोमबार आफनो १३ औं वार्षिक साधारण सभाका अवसरमा प्रतिदिन दैनिकका सम्पादक राजवंशीलाई सम्मान गरेको हो । सहकारीका क्षेत्रमा कलम चलाए वापत राजवंशीलाई सम्मान प्रदान गरिएको संस्थाले जनाएको छ ।
सम्पादक राजवंशीलाई पूर्व सहकारी अधिकृत लेखनाथ दाहाल , संस्थाकी अध्यक्ष तुलकुमारी राजवंशीले दोसल्ला ओढाएर सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए ।
सोही कार्यक्रममा संस्थालाई सल्लाह सुझाव दिने सल्लाहकारहरु हिरा राजभण्डारी , जीनाकुमारी तामाङ , उत्कृष्ट बजार व्यवस्थापनतर्फ विष्णु शर्मा र टंकप्रसाद संग्रौलालाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै असल बचतकर्ता भिम विश्वकर्मा , सुस्मिता भण्डारी , असल कारोबारकर्ता मनिका मगरलाई पनि सम्मान गरिएको थियो ।जनश्रुती महिला सहकारी बिर्तामोडको उत्कृष्ट सहकारीको रुपमा गनिन्छ ।