जीवनचक्र समाजको शुभकामना आदानप्रदान

दमक,२४ चैत । सडक दुर्घटना तथा रक्तदान सम्बन्धी सचेतना अभियानमा क्रियाशील दमकको सामाजिक संस्था जीवन चक्र समाज नेपालले आउन लागेको नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
केही बर्षदेखि दमकमा सामाजिक क्षेत्रमा क्रियाशील सो संस्थाले दमकमा रहेका विभिन्न संघसंस्थाहरुको उपस्थितिमा शनिवार जादै गरेको वर्षको विदाई गरि आउदै गरेको वर्षको उपलक्ष्यमा स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका उपाध्यक्ष बेनुराज प्रसाईको संयोजकत्व तथा जेष्ठ अभिभावक छविरमण न्यौपानेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सामाजिक ब्यक्तित्व दुर्गा काफ्ले, राजकुमार खड्का,डा. लेखनाथ न्यौपाने राजु निरौला लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाकी सदस्य लक्की सिटौलाले स्वागत मन्तव्य राखेकी सो राख्नु भएको कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजिक क्षेत्र तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक डिल्लीप्रसाद अधिकारीले संस्थाको भावी कार्य योजनाका बारे प्रकाश पारेका थिए ।
संस्थाका अध्यक्ष गणेशप्रसाद गौतमले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने संस्थाका गतिविधिहरुका विषयमा संस्थाका अनुशासन उपसमितिका संयोजक वासुदेव काफ्लेले जानकारी गराएका संस्थाका सचिव गणेश प्रधानले बताए ।

Leave a Reply

Your email address will not be published.