दमक खानेपानी संस्थामा काग्रेस गठबन्धनको बर्चश्व

दमक,२४चैत । दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा यसपटक पनि नेपाली काग्रेससहितको गठबन्धनले आफनो बर्चश्व कायम राख्न सफल भएका छन् ।सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, जसपासहितको गठबन्धनका उम्मेदवारलाई हराउदै कांग्रेस नेतृत्वको राप्रपा लगायतका गठबन्धन दलका उम्मेदवारले जित निकाल्दै आफनो बर्चश्व कायम गनै सफल भएका हुन् ।
दमकका वडालाई निर्वाचन क्लस्टर मानेर ६ क्षेत्र र तीन खुल्ला महिला सदस्य मध्ये कांग्रेस नेतृत्वले क्षेत्रतर्फ २ बाहेक अन्य पाँच स्थान र दुई महिला गरि ७ सदस्य पदमा विजयी भयो भने एमालेको गठबन्धनले कार्यसमितिको नौ पदमा क्षेत्र २ र खुला महिलातर्फ एक सदस्य गरि दुई पदमा चित्त बुझाउन बाँध्य भयो ।खानेपानीमा लामोसमयदेखि कांग्रेसले नेतृत्व गरिआएको छ ।
आज विहान ११ वजे सम्पन्न मतगणना अनुसार काग्रेस गठबन्धनको उम्मेद्धवारहरु क्षेत्र न १ (दमक१ र २वडा ) बाट गजेन्द्र देवान,क्षेत्र न ३ (दमक ६) वाट कुमार निरौला, क्षेत्रन ४ (दमक ७) बाट चन्द्र थापा,क्षेत्र न५(दमक ८)बाट रवि केसी न्यौपाने र क्षेत्र न ६ (दमक ९) वाट बिक्रम अधिकारी निर्वाचित भएको निर्वाचन समिति संयोजक यज्ञराज निरौलाले जानकारी दिए। एमालेको गठबन्धनबाट भने क्षेत्र न. २ (दमक ५ ) बाट पार्वता ढकाल विजयी भईन् ।
यसैगरी खुल्ला महिला तर्फ दिलकुमारी सुब्बा (दिलु ), दुर्गादेवी खनाल काफले र रिताकुमारी बस्नेत (श्रेष्ठ ) निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।लेखा समितिको संयोजकमा राधिका ओझा निर्वाचित भएकी हुन् । सदस्यहरुमा गायत्रा लामिछाने र हरि कुमार राई निर्वाचित भएको निर्वाचन समिति संयोजक निरौलाले बताए । एमाले गठवन्धनवाट ढकालसहित ,खुल्ला महिला तर्फ दुर्गादेवी खनाल काफले,लेखा समिति संयोजक राधिका ओझा र सदस्य गायत्रा लामिछानेले मात्र जित हासिल गरेका छन् । निर्वाचित कार्यसमितिको बैठकले पदाधिकारी विभाजन गर्ने बुझिएको छ ।
दमक ७ स्थित पृथ्वी माविमा भएको मतदानमा खानेपानी संस्थाका उपभोक्ताहरु ४हजार ३सय ५१जनाले मतदान गरेका थिए । मतदान गर्न पाउने ६हजार २सय ८२ मतदाता रहेको थिए ।

Leave a Reply

Your email address will not be published.