गौरादह ५ लाई वडास्तरीय डोरी तानको उपाधि

गौरादह,२४ चैत । प्रथम वडास्तरीय डोरी तान प्रतियोगिताको उपाधि गौरादह वडा नं ५ ले जितेको छ । सारथि युवा क्लब गौरादहको आयोजनामा जनता माविको खेलमैदानमा भएको वडास्तरीय डोरी तान प्रतियोगिताको उपाधि गौरादह -५ ले जितेको हो ।

फाइनलमा गौरादह वडा नं ६ लाई पराजित गर्दै वडा नं ५ ले उपाधि जितेको हो ।प्रतियोगितामा गौरादह नगरपालिकाका ७ वटा वडाले सहभागिता जनाएका थिए । वडा नं ७ र ८ भने प्रतियोगितामा सहभागी भएका थिएनन् ।प्रतियोगिता नकआउटका आधारमा खेलाइएको थियो ।

सेमिफाइनलमा गौरादह ६ ले गौरादह ३ लाई र वडा नं ५ ले ९ लाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए ।फाइनलमा ६ लाई २-१ को सेटमा पराजित गर्दै ५ ले उपाधि रक्षा गरेको हो ।विजेता वडा नं ५ ले एघार हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता बनेको वडा नं। ६ ले ९ हजारमा चित्त बुझायो ।विजेता, उपविजेता टोलीलाई डोरी तान संघकी कोशी प्रदेश उपाध्यक्ष हिमा मिश्र पौडेलले ट्रफी प्रदान गरेकि थिइन् ।

Leave a Reply

Your email address will not be published.