कांग्रेसद्धारा अतिविपन्न परिवारलाई राहत प्रदान

दमक ,६ कार्तिक । नेपाली कांग्रेस दमक ७ नम्बर वडा समितिले अति विपन्न स्थानीय चार दर्जन परिवारलाई खाद्यन्न राहत सामाग्रीहरु वितरण गरेको छ । वडा समितिले बडादशैं, तिहार तथा छठ पर्वको अवसर पारेर हालै शुभकामना आदानप्रदान कार्यक्रमका बीच यहाँका ४७ अति विपन्न परिवारलाई राहत वितरण गर्नुका साथैं चेस खेलका पूर्व राष्ट्रिय च्याम्पियन तथा अन्तर्राष्ट्रिय चेस खेलाडीलाई प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो।
कांग्रेसका केन्द्रीय सदस्य मेदनी सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीले प्रत्येक विपन्न परिवारलाई एक बोरा चामल, नुन, तेल, दाल, नुडल्स, चिप्स, एक–एक केजी भुजा, एक बोरा भुजा तथा नुहाउने र लुगा धुने साबुन तीन–तीन डल्ला वितरण गरिएको सभापति बान्तवाले जानकारी दिए ।
उनले चाडपर्वलाई केवल उत्सव र रमाइलोमा सीमित नराखी सामाजिक सद्भाव, मानवीय सहयोग र प्रतिभाको सम्मानसँग जोड्ने सन्देश दिन पनि लक्षित समुदायलाई यस किसिमको सहयोग प्रदान गरिएको उल्लेख गरे ।

 

 

Leave a Reply

Your email address will not be published.