एनआइसी बैकको अमानवीय हर्कत बन्द गर्न ‘दउवा संघ’को माग

दमक,२२ चैत । दमक उद्योग वाणिज्य संघले दमक ५ का व्यवसायी दुर्गा प्रसाद कँडेललाई बैकको किस्ता नबुझाएको भन्दै एनआइसी एशिया बैकले ऋणीको घरमा सुरक्षागार्ड राखेकोमा निन्दा गरेको छ ।
तीन महिनादेखि बैकको व्याज बुझाउन नसकेकोमा बैकले आफना सुरक्षा गर्न भन्दै सुरक्षा तैनाथ गर्नु निन्दनीय मात्र नभएर अमानवीय भएकाले त्यस्ता कार्य अविलम्ब बन्द गर्न संघले कडा चेतावनी दिएको छ ।
संघका बरिष्ठ उपाध्यक्ष राजु खड्काले विज्ञप्ति जारी गरि हाल देशकै आर्थिक अवस्था संकट रहेको र वैक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण उद्योगी,व्यवसायीहरुले अनेकौ मानसिक यातना खेप्नु परेको अवस्थामा दमकको एनआइसी बैकले गरेको यस्तो हर्कतले आफूहरु आतंकीत हुनुपरेको उल्लेख गरेका छन् । दमकमा उद्योगी ,व्यवसायी र बैक तथा वित्तीय संस्थाहरुवीच सहजताका उपायहरु अवलम्बन गरि समस्या समाधानका लागि ध्यानाकर्षण ,अपिल गरिआएको स्मरण गदैं संघको जारी विज्ञप्तिमा भनिएको छ,–‘ तर ती सवै पहलकदमीलाई लत्याएर बैंकले कँडेल माथि पुरयाँएको अमानवीय हर्कत तत्काल बन्द गर्न र ती सुरक्षा गार्ड तुरुन्त हटाउन हटाउनु पर्छ । ’
बैकले एक सातादेखि ऋणी कँडेलको घरमा कार्यालय समयसम्म एक जना सुरक्षा गार्ड हेरालुका रुपमा राख्दैआएको थियो ।
नगर प्रमुख थापाद्धारा ध्यानाकर्षण
यसैवीच, बैकबाट यातना खेपेको समाचार बाहिरिएपछि दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले पीडित व्यवसायीको घरमा पुगेर घटनाका बारेमा जानकारी लिएका छन् ।
यस विषयले आफनो गंभीर ध्यानाकर्षण भएको भन्दै आज विहान व्यवसायी कँडेलको घरमा पुगेर त्यसबारे जानकारी लिएका हुन् । बैकको ऋण नतिरेको खण्डमा कानुन अनुसार प्रकृया अघि बढाउनु पर्ने भएपनि गार्ड राखेर मानसिक यातना दिनु ठिक नभएको उल्लेख गरे ।
कांग्रेस ५ वडाद्धारा विरोध
नेपाली कांग्रेस दमक ५ का पूर्व सभापति समेत रहेका आफना क्रियाशील सदस्य दुर्गा कँडेलमाथि बैकले पुरयाँएको हर्कतको भत्र्सना गरेको छ ।
वडा समितिले विज्ञप्ति निकालेर ऋणी कँडेल माथि बैंकले गरेको अमानवीय हर्कतको यस किसिमको घटनाले सिंगो व्यवसायीहरुनै आतंकित हुनुपरेको उल्लेख गरेका छन् । ऋण असुली प्रकृयालाई गलत ढंगले प्रयोग गरि आतंकीत गर्नु नियमसंगत नभएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.