वडा कार्यालय आगजनी गरेको आरोपमा पक्राउ

इलाम,२२ चैत । माङ्सेबुङ गाउँपालिका –५ को कार्यालयमा गत चैत ९ गते राति आगो लगाएको घटनामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माङ्सेबुङ गाउँपालिका –३ का ३९ वर्षीय आशिष भनिने हस्तबहादुर लिम्बू रहेका छन् । घटना भएलगतै अनुसन्धान थालेको प्रहरीले मंगलबार राति लिम्बूलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आगजनी गरेपछि लिम्बूले वडा कार्यालयबाट चोरी गरी लगेका कम्प्युटर, मनिटर, राउटर, माउस, किवोर्डसहितका सामग्रीहरु समेत बरामद गरिएको जनाइएको छ । लिम्बूले वडा कार्यालयमा गरेको आगजनी र लुटपाटको घटनाका बारे थप विवरण खुलिनसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बू विरुद्ध प्रहरीले आगजनी तथा चोरी मुद्दा दर्ता गरी थप कारवाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.