मुद्दा फिर्ता लिने सहमति, पक्राउ परेका खिम्दुङ रिहा

धरान,२२ चैत । कोशी प्रदेश नामङकनको विरोधमा आन्दोलनको क्रममा पक्राउ परेका इटहरीका दिपराज खिम्दुङलाई प्रहरी प्रशासनले विनासर्त रिहाई गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा पहिचान पक्षधर संघसंगठनका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुसँग भएको वार्तामा पक्राउ परेका खिम्दुङलाई विनासर्त रिहाई गर्ने सहमति भएको थियो । उक्त सहमति पश्चात प्रशासनले मुद्दा फिर्ता लिएर रिहाई गरेको हो । हिजो इटहरीमा पक्राउ परेका खिम्दुङलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय इनरुवामा लगेर राखेको थियो ।

पक्राउ परेका खिम्दुङ किरात राई यायोक्खा इटहरी नगरका सदस्य हुन् । कोशी नाम विरुद्ध नगर तथा वडा कार्यालयहरुमा तालाबन्दी गर्ने कार्यक्रम अन्तर्गत इटहरी वडा २० को कार्यालयमा ताला लगाउने क्रममा चैत १७ गते प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा प्रहरीको गाडी तोडफोडसमेत भएको थियो । प्रहरीले खिम्दुङसहित थप ९ जनालाई सार्वजनिक सम्पत्ति तोडफोडको अभियोगमा मुद्दा दर्ता गरेको थियो । खिम्दुंगलाई आजै रिहाई गरेको र उनको मुद्दा टुङग्याउने प्रशासनिक प्रक्रिया भने ३ दिनभित्र सक्ने सहमति भएको राष्ट्रिय जनमुक्ति पार्टीका युवा नेता विष्णु थाम्देनले जानकारी दिए । अन्य ९ जनालाई लगाएको अभियोग पनि फिर्ता हुने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published.