हत्या अभियोगमा दर्जी पक्राउ

गौरादह,१७ चैत । झापाको गौरादहमा एक महिलाको हत्यामा संलग्न भएको आशंकामा स्थानीय ४५ वर्षीय मेघराज दर्जी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत बुधबार राति ९ वजे गौरादह–७ तामाङ चोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूलाई छिमेकी दर्जीले मरणासन्न हुने गरि कुटपिट गरेका थिए । दर्जीले आफ्नो घरमा चामल चोरिरहेको अवस्थामा मुर्मुले फेला पारेपछि दर्जीले उनी मुक्का र लात प्रहार गरी घाइते बनाएर भागेका थिए ।
घाइते मुर्मूलाई छिमेकीले उपचारका लागि दमकको आम्दा अस्पताल पु¥याएकोमा उपचारका क्रममा शुक्रवार मुर्मूको मृत्यु भएको थियो ।
मृतकका आफन्तहरूले प्रहरीमा उजुरी दिएपछि हत्यामा संलग्न दर्जीलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
यसैगरि, जिल्लाको शिवसताक्षी नगरपालिका ८ का ५७ वर्षीय सूर्यप्रकाश प्रसाईको शौचालयमा लडेर मृत्युभएको छ । शुक्रवार शौचालयभित्र लडेर घाइते प्रसाईलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल लगिएकोमा उपचारका क्रममा निजको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.