डा.लेखनाथ न्यौपाने
पहिले पहिले भनेको सुनिन्थ्यो “हरियो वन नेपालको धन”, आजकल भनिन्छ “नेपालको धन ठुट्टा मुडाको वन ।” हो, वास्तवमा आज नेपाल लाखौं बेवारिसे ठुट्टा मुडाको वन बनेको छ भने अरबौं रुपैयाको काठ कुहेर गएको छ । केहि दनि देखि नेपालका पूर्वी र मध्य तराईका जंगल क्षेत्र घुम्ने अवसर मिलिरहेको छ । आफुले घुमेका क्षेत्रमा लाखौं बुडा रुख मेरो सदुपयोग नेपाल आमाले गरुन भनेर पर्खिरहेका छन् भने धेरै रुख ठाडो रहन नसकेर ढलेका अनि कुहिले खेर गइरहेका देखिन्छ । केहिलाई बन विभागले काटेर गोलिया बनाएर राखेका छन् तर बेच्न नसकेर या नचाहेर त्यसै कुहेर बसेका छन् । यो देख्दा नेतृत्व बर्ग, सांसद, स्थानीय जनप्रतिनिधी अनि बन मन्त्रालय के गरेर बसेको छ भन्ने कुराले मन भतभत पोल्छ । र, यो लेख ति अर्कमन्य अनि विदेशीसँग भिख माग्ने नेतृत्वसम्म पुगोस र नेपाल बनाउने धन यिनै बुडा रुखले दिने छन् भन्ने लागेर लेख्दै छु ।
डा. विश्वनाथ ओलीका खोजअनुसार नेपालको कुल भागको ४४.७४ प्रतिशत ( करिब ६६ लाख हेक्टर) वन क्षेत्र भएको र त्यसभिञ २ अर्ब ५६ करोड ३३ लाख रुखको संख्या रहेको तथ्य आएको छ । नेपालमा मात्र नभएर विश्वमै अग्लो रुख देवदार, जो कर्णाली प्रदेशमा पाइन्छ । यसको उचाई ७५ मिटरसम्म र गोलाई १४ मिटरसम्म रहने गरेको छ । विश्वमै बलियो र हरेक विकास निमार्णमा प्रयोग हुने सखुवा ,सिसौ आदि नेपालमा प्रसस्तै छन् । नेपालमा हालसम्म वनलाई रुख र वृक्षको प्रकृति अनि स्थान अनुसार ४० प्रकारमा बाँडेर संरक्षण र उपभोग गरिएको देखिन्छ । यसरी नै धरातलका आधारमा र वृक्षको प्रकृतिका आधारमा उष्ण प्रदेशका वृक्ष उपउष्ण प्रदेशका वृक्ष र शीतोष्ण प्रदेशका वृक्ष गरेर मुख्य तीन भागमा वर्गीकरण गरिएको छ । तर, अझ धेरै वनको उपयोग, ऐतिहासिक र सास्कृतिक महत्व, पहिचान र वनबाट लिन सकिने फाइदा र यसको स्रोतलाई विकास निर्माणमा उपयोग गर्न नसकिएको प्रष्टै छ ।
अखिर किन त यसरी देशको सम्पति नास भएर गएको ? यसको मुख्य कारण वनको निती । निती बनाउने को भन्दा, सरकार । सरकार कति महिना चल्छ चिठ्ठाको कुरा हो । वन मन्त्रि कस्तालाई बनाइन्छ जसले वनका बारेमा क पनि जान्दैन । हेपिएको मंञालय । दलले आप्mनो स्वार्थ पुर्ति गर्न दिने मन्ञालय । तर, अथाह आयस्रोत भएको अनि उपयोग गर्न नजानेका कारण हेपाइमा परेको अवस्थामा हो वन । पहिले पहिले राजनीतिक स्वार्थका कारण वन फडानी बढेपछि वनलाई विभिन्न कानुनले बाध्ने काम भयो । अहिले त्यही कानुनका कारण बाटामा परेको एउटा रुख हटाउन बर्षौ लाग्ने र नयाँ विकास निमार्णमा अधिकांश ठाउँमा बन बाधक भइदिने गरेका हामी सर्वसाधारण नागरिकले देखेका छौ. भने सरकार चलाउनेले पनि अवश्य महशुस गरेका होलान ।
नेपालमा अरबको संख्यामा रुख छन् त्यसमा आधा भन्दा धेरै उपयोगमा ल्याउन ढिलो भइसकेको अवस्थाका छन् । जंगलका आधाजसो रुख जवानी पार गरेर बुढापाको रुपमा छन् । बनस्पतिले बोल्न नसके पनि उसको उदेश्य मेरो उपयोग होस, म पनि कतै न कतै अस्तित्वमा चिरकालसम्म रहिरहन सकौं भन्ने सोच्छन् । उनीहरु पनि बेकारमा कुहिएर, खेर गएर कौडीको भाउमा दाउराको मात्र उपयोग भएको रुचाउदैनन् । तर दुर्भाग्य आज नेपालका अधिकांश जंगलमा रहेका बुडा रुखको यही बिलौना छ । न उनीहरु हरियाली दिन सक्छन् । न उनीहरुलाई सरकारले उपयोगमा नै ल्याउन सकेको छ र आय आर्जन नै बन्न सकेको छ । यस्ता करोडौं रुखको बिलौना हो यो र यही व्यथा उतार्ने जमर्को गरेको छु ।
एउटा सानो दृष्टान्त, केहि वर्ष अगाडी काठमाडौंमा एउटा घर बनाउनु पर्ने भयो । आफु त जति सक्तो स्वदेशी सामान प्रयोग गर्न रुचाउने मान्छे । त्यसैले घर बनाउन चाहिने काठको खोजिमा निस्किएँ । बुझदै जाँदा मलेसियाको या विदेशबाट आउने काठ नेपालको भन्दा झण्डै आधा सस्तो रहेको र नेपालको काठ धेरै महंगो अनि प्रकृया पनि असहज भएको पाएर मनले नचाहदा नचाहदै पनि विदेशको काठको उपयोग गर्नु पर्यो । म त एउटा यात्री यात्राका क्रममा जंगलमा काठ कुहिएर रुख बुडा भएर अरबौं नोक्सान भएको देखेको छु । अनि हामीले घर बनाउदा विदेशको कमजोर काठको उपयोग गर्नु परेको छ । यो कुराले आफुलाई नरमाइलो लागिरहेको थियो । आजकल सरकार कर नउठेर, विदेशी सहयोग नपाएर राज्य चलाउन रिण खोजीरहेको छ । वनमा अरबौ रुपैयाका काठ कुहिएर गएका छन् । हरेक दिन बाटामा हिँडदा आफुलाई हिनता बोध हुन्छ यी बुढा रुखको बिलौना महशुस गरेर ।
संसारमा हरेक जीव र बनस्पतिको आयु हुन्छ । आयुमा पनि युवा हुन्जेल मात्र हो आकर्षण हुने । जब जवानी जान्छ बुढापा सुरु हुन्छ, हरेकले सुरक्षित समाहित या अवतरण भएर रहन रचाउँछ । मेरो केहि अस्तित्व रहोस भन्ने चाहन्छ । यसरी नै बनस्पतिले पनि आप्mनो अस्तित्व खोजेर बसेका छन् । अन्न र सागपातलाई हामीले सेवन गछौं यो उसको पनि खुसी हो कि म उसको भोजन बन्न् सकें । आफु खेर जानु नपरेकामा अन्न खुसी हुन्छ । गाइबस्तुले घास पराल खान्छन्, यो पनि उपयोगिता भयो । फलफुलका विरुवाले पनि सकुन्जेल फल र फुल दिन्छन् । उपयोगमै आयो । तर बर्षौ लगाएर जवानी विताएपछि बुढा भएका रुखले जंगलमा यसरी बस्नु परेको छ कि उनीहरु कसैलाई नचाहिएर उपयोग बिहिन हुन् । एउटै रुखसँग कम्तीमा पनि लाख रुपैयाको आय छ तर उनीहरु प्रयोग बिहिन छन् । हावाहुरी र तस्करको चपेटामा छन् । न उनीहरुले ठाडो रहँदा इज्जत पाएका छन् न ढलेपछि अस्तित्व पाएका छन् ।
अखिर किन त यसरी देशको सम्पति नास भएर गएको ? यसको मुख्य कारण वनको निती । निती बनाउने को भन्दा, सरकार । सरकार कति महिना चल्छ चिठ्ठाको कुरा हो । वन मन्त्रि कस्तालाई बनाइन्छ जसले वनका बारेमा क पनि जान्दैन । हेपिएको मंञालय । दलले आप्mनो स्वार्थ पुर्ति गर्न दिने मन्ञालय । तर, अथाह आयस्रोत भएको अनि उपयोग गर्न नजानेका कारण हेपाइमा परेको अवस्थामा हो वन । पहिले पहिले राजनीतिक स्वार्थका कारण वन फडानी बढेपछि वनलाई विभिन्न कानुनले बाध्ने काम भयो । अहिले त्यही कानुनका कारण बाटामा परेको एउटा रुख हटाउन बर्षौ लाग्ने र नयाँ विकास निमार्णमा अधिकांश ठाउँमा बन बाधक भइदिने गरेका हामी सर्वसाधारण नागरिकले देखेका छौ. भने सरकार चलाउनेले पनि अवश्य महशुस गरेका होलान ।
त्यसैले, अहिलेको सरकारले नेपालभरि कति काटन योग्य रुख छन्, तिनीहरुलाई हटाएर त्यहाँ कस्तो नयाँ रुख रोप्दा चाडै प्रतिफल दिन सक्छ भन्ने अध्यायन गरेर बुढो रुख हटाउने र नयाँ रुख रोप्ने र हुर्काउने जिम्मा पनि हुनुपर्छ । रोपेर माञ विरुवा हुर्किदैन । यसको उचित हेरचाह चाहिन्छ । यति दुई कुरालाई उपयोगमा ल्याउने हो भने वन पनि हरियो रहन्छ । विदेशी डलर पनि कम हुँदैन । बर्सेनी डढेलोले क्षति पनि कमै पुर्याउछ । किसान, स्थानिय उपभोत्ताले काम र घास पनि पाृँछन् । यो सँगै जोडिएको कुरा मुल्य विदेशबाट आउने काठ भन्दा सस्तो बनाउने र विदेशबाट आउने काठलाई आसिक प्रतिबन्ध लाउने । यसको अर्थ नपुग भएमा मात्र बाहिरबाट ल्याउन पाउने हो । यसरी नै कानुनको संसोधन । यो धेरै महत्वको कुरा हो । रुख काटन नपाउने भनेर वनले हरेक कुरामा रोक्छ । एउटा उदाहरण मधेश प्रदेशमा बन्ने भनेको हवाईमैदान अगाडी नबढनु पनि यही रुख कटानको समस्या हो । छिमेकी देशले नेपालमा ठूलो हवाई मैदान बनाउन नदिन खोजेकोमा यो वन र मुद्दा हाल्ने नेपालीको स्वार्थ भरिएको देखिन्छ । अब सरकारले यस्ता रुखको उपयोग गर्न जति सक्तो चाडो कानुन संसोधन गरेर सहज बनाउने र काठ बेच्ने काम देशभर सुरु गर्नु पर्दछ । यसो गर्न सके देशमा रोजगारी वढछ, डढेलो कम भएर जान्छ । नयाँ वन निमार्ण हुन्छ, हरियाली वढेर जान्छ र देशको विकासकालागि पैसाको पनि चाहेजति । देशको कुरा विदेशमा लगेर उताको भत्ता खाने अनि देशलाई कमजोर बनाउने जो कोही पनि कर्वाहीको दायरामा ल्याइनु पर्छ भने बन मन्ञि र कर्मचारी वन बुझेकालाई बनाइनु पर्छ । यो कार्य जति सक्तो चाडो होस र नेपालको धन नष्ट हुनबाट रोकियोस भन्ने माग पनि सरकार र सरोकारवालसम्म पुगोस भन्ने कुरा राख्दै बिट मार्छु । (लेखक, दमकका होमियो चिकित्सक हुन् । )