मदर एजुकेशन फाउण्डेशनले मनायो १२ औं बार्षिकोत्सव

दमक,११चैत । झापाको दमक -८ मा सञ्चालित मदर एजुकेशन फाउण्डेशनले आज १२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।बिद्यालयका असल अभिभावक, बिद्यार्थी र उत्कृष्ट शिक्षकहरुलाई सम्मान तथा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक नृत्यहरु प्रस्तुत गर्दै सो कार्यक्रम सम्पन्न गरेको फाउण्डेशनकी संस्थापक प्रिन्सीपल बिबेचना कटुवाले बताईन् । निजी तथा संस्थागत बिद्यालयहरुको संगठन नेपाल (प्याव्सन) झापाका जिल्ला अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सव विशेष कार्यक्रममा ज्येष्ठ अभिभावक एवं स्थानीय सामाजिक व्यक्तित्व बेनुप्रसाद चुँडाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्ले ग्रुपदेखि कक्षा ८ सम्म अध्ययन अध्यापन गराउँदै आएको सो फाउण्डेसनमा बिद्यार्थीहरुलाई संस्कारसहितको प्रभावकारी शिक्षा प्रदान गरि आएको संस्थापक प्रिन्सीपल विष्टले उल्लेख गरिन् ।
सरल र सुलभ शुल्कमा आधुनिक तथा डिजिटल प्राविधिको प्रयोग ,खुल्ला खेल मैदान ,बिद्यार्थी केन्द्रित शिक्षण सिकाइ ,पर्याप्त खेल सामाग्रीसहितको शिक्षा दिदै आएको सो फाउण्डेशनलाई स्मार्ट बिद्यालयका रुपमा सञ्चालन गरिआएको सञ्चालक रोशन विष्टले बताए । कार्यक्रममा बिद्यार्थीहरुले परम्परा झल्किने मौलिक गीत, नृत्यहरु प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published.