स्वर्णलक्ष्मी शाकोसले मनायो १५औं स्थापना दिवस

दमक, ११ चैत। झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज विबिध कार्यक्रम गरी १५औं स्थापना दिवस मनाएको छ ।स्वर्णलक्ष्मी साकोसका सबै सेवा केन्द्र तथा प्रधान कार्यालयमा बिबिध कार्यक्रमहरु आयोजना गरि १५ औं स्थापना दिवस मनाएको हो । कार्यक्रम संस्थाका अध्यक्ष विमल वरालको अध्यक्षता तथा नेफस्कुनका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा स्थापना दिवस सम्पन्न भएको हो।
सोही कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडकी डाक्टर सरस्वती गुरुङले महिलाको स्तन तथा पाठेघरमा हुने क्यान्सर सम्वन्धि सचेतना मूलक प्रशिक्षण दिएकी थिइन् । त्यस अवसरमा महिलाको स्तन तथा पाठेघरमा हुने क्यान्सर सम्बन्धी २१ जनाले जाँच गरिएको ब्यवस्थापक कमल घिमिरेले बताए । त्यसैगरि, १सय २१ जनाले आँखा परीक्षण,६१ जनाको दन्त परीक्षण र ४९ जनाले रक्तदान गरेको स्वर्णलक्ष्मी साकोसले जनाएको छ । चैत ७ गते उर्लाबारी सेवाकेन्द्रबाट शुरु भएको स्थापना दिबसको कार्यक्रम क्रमशः सुरुङा सेवाकेन्द्र,झिलझिले सेवाकेन्द्र,गौरादह सेवाकेन्द्र तथा मुख्य कार्यालयमा रेड्क्रस सोसाइटी उपशाखा उर्लाबारीलाई आर्थिक सहयोग,सबै कार्यालय अन्तर्गत ६÷६ जना गरिब तथा जेहेन्दार विद्यार्थी बालबालिकालाई ब्याग वितरण,रत्न जेष्ठ आश्रम दमकलाई खाद्यान्न सहयोग,सचेतना कार्यक्रम,सदस्य पुरस्कार तथा सम्मान एबम बित्तीय शिक्षा कार्यक्रम को आयोजना गरि सम्पन्न गरिएको संस्थाका व्यवस्थापक घिमिरेले बताए।

Leave a Reply

Your email address will not be published.