मोटरसाईकलको ठक्करबाट साईकलयात्री माझीको मृत्यु

गौरीगञ्ज , ५ चैत । हुलाकी मार्ग अन्तर्गत झापाको गौरीगञ्ज गाउँपालिका १ स्थित कमल बनियानी सडकखण्डमा गएराति मोटरसाईकलको ठक्करबाट एक जना साईकलयात्रीको मृत्युभएको छ ।
पूर्व चौरी र कुञ्जीबारीको बीच खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ४ प ४२२४ नम्बरको मोटरसाइकलले राति ९ वजे विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा गौरीगञ्ज ३ का अन्दाजी ४० बर्षिय अकालु माझीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
दुर्घटनामा गंभीर घाईते भएका माझीको उपचारका लागि बिर्तामोडस्थित विएण्डसी हस्पिटल पुरयाउने बित्तिकै राती १० बजे चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । दुर्घटनामा संलग्न मोटरसाइकलमा सवार गौरीगञ्ज १ का अन्दाजी ३५ बर्षिय खोदनारायण महतोको समेत सोहि अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, सोही मोटरसाइकलमा सवार अन्य दुई जना रतनलाल सिंह राजवंशी र बिकास महतोको भने दमकको निम्स नेशनल अस्पताल दमकमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.