सात्विक, राजसी र तामसी खाना के के हुन् ?

-डा.लेखनाथ नेउपाने

जीवन अमूल्य छ । अमूल्य जीवनको सार्थकता प्राप्त गर्न स्वस्थ्य आहारको पनि आवश्यकता हुन्छ । हरेकले आफनो जीवन आ–आफनै पाराले जीउने गरिन्छ । त्यो नै स्वतन्त्रताको कडी हो । मानिससँग मन, विचार, विवेक, भावना आदि भएकै कारण ऊ सर्वश्रेष्ठ छ । जीवन कसरी जीउने र कस्तो जीवन सुन्दर र सफल हुन्छ भन्ने कुरा पनि समयसँगै सिकिने हो । मानिस विवेकको सदुपयोग या उपयोग गरेर पशु भन्दा धेरै माथी छ । तर, विवेकको प्रयोग गरेन भने पशु सरह हुन्छ । असल बुद्धि, विवेक अनि ज्ञान प्राप्त गर्न र स्वास्थ शरीरका लागि स्वास्थ खाना पनि खानुपर्छ । यदि तपाई विचार र व्यवहार सही चाहनु हुन्छ भने तपाइको भोजन(आहार) पनि त्यही अनुसारको हुनुपर्छ । अस्वस्थ र हिंसा मिसिएको खानाले तपाइको शरीर मात्र होइन मस्तिष्क र मनलाई पनि बिचलित बनाउँछ । त्यसैले पनि स्वास्थ जीवनका लागि स्वास्थ खाना अर्थात आहार नै पहिलो कडी हो ।

खाना कस्तो खाने, कसरी खाने र के के खाने भन्ने कुरा हामीले बुभ्mनु पर्ने हुन्छ । काम र शारीरिक आवश्यकताका आधारमा खाना खाने भन्ने एउटा सामान्य वुझाई छ । त्यो नै सबै सत्य होइन । हामीले जे र जस्तो खान्छौ हाम्रो मस्तिष्कले त्यस्तै प्रतिक्रिया गरिरहेको हुन्छ । हाम्रो स्वभाव पनि खानाको प्रकृति अनुसारकै हुन्छ । जस्तै घास खाने जनावरमा र मासु खाने जनावरमा हामी धेरै फरक पाउछौ । घास खाने शान्त स्वभावका हुन्छन भने मासुखाने अर्थात मांसहारी निर्दयी र आक्रामक हुन्छन् । त्यस्तै मानिस त धेरै सर्वहारी छन् । मासु जन्य खानेकुरा पनि खान्छन् र शाकाहरी खानेकुरा पनि खान्छन् । त्यसमा पनि कोही गरिष्ठ खान्छन भने कोही सादा खान्छन् । त्यसैले खानका परिकार र खाने तरिकालाई लिएर ऋषिमुनिहरुले खानलाई ३ प्रकारमा विभाजन गरेका छन्, सात्विक, राजसी र तामसी ।

सात्विक खाना स्वास्थका लागि उत्तम हो । यो कुरा कतिलाई जानकारी छैन या जानकारी भए पनि जिब्रोको स्वादका लागि तामसी खान खान रुचाउँछन् । जसका कारण अनेक प्रकारका रोगको जन्म हुन्छ । आखिर स्वास्थका लागि राम्रो भनिएको सत्विक भोजन चाहि कस्तो भोजनलाई भनिन्छ त ? विशेष गरेर भात या रोटीका साँथमा खाइने तरकारी अचार या अन्य खानेकुरामा धेरै चिल्लो पिरो नभएको, सहजै पच्न सक्ने, विहान मल त्याग गर्दा असहज नहुने र घरका सबै सदश्य जस्तै केटाकेटी बुढाबुढी, विरामीका लागि पनि उपयुक्त भोजनलाई सात्विक भनिन्छ । आफनै घर आँगनमा फन्ने सागसब्जी, गाई या भैसीको दुध, दही, मही, धान, मकै, कोदो या फापरबाट बनाइएका परिकार, फलफुल आदि सात्विक हुन् । सात्विक भोजन भनेको देवता र ऋषिमुनीहरुले पनि सेवन गर्ने भोजन हो । यस्तो भोजनले शरीरमा बल, दिमागलाई स्र्फुर्ति प्रदान गर्छ र विभिन्न प्रकारका रोग लाग्नबाट बच्न सकिन्छ । यस्तो भोजन दिनमा दुई पटक सेवन गरिन्छ । विहानको भोजन १२ बजे अघी नै गरिसक्नु पर्छभने साझको भोजन सकेसम्म घाम डुब्नु अघावै सो सम्भव नभए रातको ८ बज्नु अगावै र हलुका मात्रमा सेवन गर्नु उचित मानिन्छ । विहानको खाना ढिलो हुन्छ भने नास्ता खानु उचित हुन्छ । रातमा जसरी हामी आराम गछौं त्यसरी नै पाचन प्रकृया पनि धिमा चल्छ ।

यस्तै राजसी खाना भनेको विशेष गरेर कथित उपल्लो बर्ग या राजा महाराजले खाने भोजन हो । यसम मिठा, पोषिला विभिन्न परिकारका व्यन्जन तयार गरिने गरिन्छ । मदिराका साँथमा या विना मदिरा यस्ता व्यन्जन बडो आनन्दका साँथमा खाने गरिन्छ । यस्ता व्यन्जनमा धेरै मसला, अनावश्यक तेल नभए पनि एकै पटकमा धेरै प्रकारका व्यन्जन खाइने हुँदा स्वास्थका लागि धेरै उत्तम मानिन्दैन । शरीरलाई चाहिने भन्दा धेरै प्रोटिन, भिटामीन कार्वोहाइडेट र अन्य तत्व शरीरमा जम्मा हुने र सोही अनुसारको व्ययाम नभएमा मानिस अनावश्यक मोटो हुने र अनेक प्रकारका नसर्ने रोग लाग्ने सम्भावना वढेर जानेगर्छ । धेरैमा त घमण्ड, उदण्डपना पनि देखिने गर्छ भने मानिस मानिसमा बर्ग जाति विभेद देखापर्न सक्छ , अनि मानवता हराउदै जाने र आफैले आफैलाई महान सम्झिने हुँदा यस्तो प्रकारको भोजन पनि स्वास्थका लागि र सबैका लागि हितकर मानिन्दैन । र, यस्तो भोजन सामान्य नागरिकले कमै मात्र प्राप्त गर्छन । यस्तो भोजन धेरै कम मानिसले मात्र सेवन गर्न पाउने या सक्ने हुँदा कथित उच्च घरानामा या राज परिवारमा मात्र सिमित हुनेगर्छ ।

यसरी नै तामसी भोजन भनेको अत्यधिक मर मसला लगाएर पकाइएका मासु जन्य परिकार हुन् । तेल या घ्यूमा पकाइएका वा तारिएका फ्राई भात या रोटी, साँथमा मदिरा, चुरोट या अन्य पेय पदार्थको सेवन हो । यस्तो परिकार उमेर र पाँचन तन्त्र बलियो हुन्जेल पचाउँन सके पनि स्वास्थका दृष्टिकोणबाट उत्तम मानिन्दैन । तर, आजको समयमा विश्वका अधिकाशं मानिसहरु यस्तै भोजन गर्छन् । जसले शरीरलाई त केहि समयका लागि बल देला तर मस्तिष्कमा भने अनेकन प्रकारका नकारात्मक र विध्वस मच्चाउने विचार आउछन भने वढी नसाका कारण परस्त्रि गमन, मारपिट चोरी या अरुप्रति गरिने व्यवहारमा नरमपना नआउन सक्छ । किनकी मासुजन्य खानेकुरा र मदिराको अधिक सेवनका कारण हाम्रो मस्तिष्क र शरीरका विभिन्न ग्रन्थिहरुबाट विभिन्न र अनावश्यक रसराग(हर्मोन) उत्पन्न हुन्छन् । जसका कारण तपाइले चाहेर पनि राम्रो काम गर्न सक्नुहुन्न, नचाहदा नचाहदै पनि समाजमा नराम्रा काम हुन्छन् । तपाइको दिमागले के असल के खराव छुट्याउन मुस्किल हुन्छ । मन चञ्चल हुन्छ । चञ्चल मनले विभिन्न नराम्रा काम तर्फ आकर्षित गर्नसक्छ । हो यस्तो प्रकारको भोजन र भोजनले निम्ताउने अवस्थालाई तामसी भोजन भनिन्छ । आजकल सानै उमेरमा प्रेसर, मधुमेह, मृगौला सम्बन्धि रोग या अन्य मानसिक रोग अनि हत्या, हिंसा धेरै देखा पर्नुको कारण पनि यही तामसी भोजन एउटा मुख्य कारणको रुपमा देखापरेको छ । संसारमा बनेका सबै कुरा मानिसले कुनै न कुनै रुपमा उपयोग गरेका हुन्छन्, किनकी मानिसमा मात्र बुद्धि र विवेक हुन्छ । यति हुँदा हुँदै पनि हामी नै अन्य जनावर र पशुपंक्षि भन्दा धेरै विरामी हुन्छौ र आप्mनो दुःखको कारण आफै बन्छौ या बनिरहेका छौ । अनि आउने पुस्तालाई पनि यस्तै सिकाइरहेका छौ ।

यस्तै राजसी खाना भनेको विशेष गरेर कथित उपल्लो बर्ग या राजा महाराजले खाने भोजन हो । यसम मिठा, पोषिला विभिन्न परिकारका व्यन्जन तयार गरिने गरिन्छ । मदिराका साँथमा या विना मदिरा यस्ता व्यन्जन बडो आनन्दका साँथमा खाने गरिन्छ । यस्ता व्यन्जनमा धेरै मसला, अनावश्यक तेल नभए पनि एकै पटकमा धेरै प्रकारका व्यन्जन खाइने हुँदा स्वास्थका लागि धेरै उत्तम मानिन्दैन । शरीरलाई चाहिने भन्दा धेरै प्रोटिन, भिटामीन कार्वोहाइडेट र अन्य तत्व शरीरमा जम्मा हुने र सोही अनुसारको व्ययाम नभएमा मानिस अनावश्यक मोटो हुने र अनेक प्रकारका नसर्ने रोग लाग्ने सम्भावना वढेर जानेगर्छ । धेरैमा त घमण्ड, उदण्डपना पनि देखिने गर्छ भने मानिस मानिसमा बर्ग जाति विभेद देखापर्न सक्छ , अनि मानवता हराउदै जाने र आफैले आफैलाई महान सम्झिने हुँदा यस्तो प्रकारको भोजन पनि स्वास्थका लागि र सबैका लागि हितकर मानिन्दैन । र, यस्तो भोजन सामान्य नागरिकले कमै मात्र प्राप्त गर्छन । यस्तो भोजन धेरै कम मानिसले मात्र सेवन गर्न पाउने या सक्ने हुँदा कथित उच्च घरानामा या राज परिवारमा मात्र सिमित हुनेगर्छ ।

माथीका हरफहरु त भोजनका प्रकार र यसका फाइदा बेफाइदा भए । त्यसो भए अब के खाने या कस्ता खानेकुरा खाने त स्वस्थ्य जीवनका लागि ? पृथ्विको धरातल र हावापनी अनुसार हामी जहा बसोबास गर्छौ त्यो ठाउँको माोटमा फलेका अन्न या फलफुल र सागपात खानु सबैभन्दा स्वास्थकर मानिन्छ । त्यसमा पनि प्राकृतिक रुपमा फलाइएका अथवा किटनासक विषदी या मल नलगाइएका(र्अग्यानिक) उत्तम हुन्छ । बौद्ध धर्मग्रन्थ त्रिपिटकमा भनिएको छ ‘मानिसले पेट भर्न, शक्ति प्रप्त गर्न र स्वास्थ रहन जन्मिएको होइन माटामा या पानीमा उम्रिएका, बोटमा फलेका वस्तु या फल खानुपर्छ । यी गुणकारी र शक्तिवर्धक हुन्छन ।’ यो कुरालाई हामी उदाहरण बाट पनि बुझन सक्छौ । घासखाने जनावर मासुखने जनावर भन्दा स्वस्थ, बलवान र लामो समयसम्म वाच्न सक्छन् । हामी बाघ र हात्तीको उदाहरण लिन सक्छौं । हात्ती साकाहारी अनि बाघ मांसहारी उनीहरुको उमेरमा अनि स्वभावमा कति धेरै फरक छ । त्यसैले उम्रेको, बोटमा फलेका खानेकुरा जन्मेका भन्दा स्वास्थकर र पोषिला हुन्छन् ।

हेला गरिएको कोदो, सबै भन्दा पोषिलो हुन्छ । यसमा हाम्रो शरीरलाई चाहिने धेरै प्रकारका तत्वहरुको भण्डार हुन्छ । चना कति पाषिलो हुन्छ भन्ने प्रमाण घोडाबाट थाहा हुन्छ । धेरैजसो चना घोडालाई ख्वाइन्छ । धान, मकै, गहु, र अन्य दालजन्य गेडागुडी संसारमै धेरै खेती गरिने खाध्य बस्तु हुन् । यिनीहरुका अनेकन पोषिला परिकार बनाइन्छ । धान स्वास्थ वर्दक हो र भात खाने मानिस संसारमा धेरै छन् । अझ यसको बोक्रमात्र निकालेको नफलेको अथवा ढिकीमा कुटेको चामलको भात या अन्य परिकार खान सके प्राय शरीरलाई चाहिने भिटामिन यसमा पाइने र फइवरले मल त्याग पनि सहज बनाउँछ । आलु अर्को पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । माटोमुनी फलेका कन्दमूलको त कुरै नगरौ धेरै पोषिला र स्वास्थवर्धक हुन्छन् । यस्तै बोटमा फलेका फलफुल त त्यती धेरै स्वास्थकर छन् कि वर्णन गरेर नै सकिन्दैन । भने हामी कति भाग्यमानी छौ त हरेक चिजको सही उपभोग गर्ने स्वतन्त्रता इस्वरले हामी मानिसलाई प्रदान गरेका छन् । यसको साँथै मासुजन्य खानेकुरा पनि स्वास्थका लागि हानिकारक नै हुन्छन भन्ने छैन मात्र समय आवश्यकता र मात्रा मिलाएर खाने हो । जसले तपाइको शरीरमा बेफाइदा होइन फाइदा पुगोस । एउटा उखान छ ‘हामीले बाच्नका लागि खाने हो खानका लागि बाच्ने होइन ।’ त्यसैले स्वास्थ शरीर, स्वास्थ मन र स्वास्थ विचारवान हुनका लागि आजैबाट भोजनका प्रकार र खानेकुरा बारे जानकारी लिऔँ र स्वास्थ जीवन विताऔ ।

अन्त्यमा, आज हामी विभिन्न व्याक्टेरिया र भाइरसको त्रासमा बाचिरहेका छौ । भइरस त्यस्तो विषाणु हुन् जसले कमजोर स्वास्थ्य अवस्था भएका मानिसलाई वढी सताउछ र मृत्युको मुखमा धकेलिरहेको छ । यस्ता ब्याक्टेरिया भाइरसबाट वच्न हामीले स्वस्थकर खानेकुरा खानु उचित हुन्छ त्यो भनेको ताजा, सकेसम्म विषादी र खाध नहालेका हुनुपर्छ । प्राङ्गारीक मल हालेर उत्पादन गरेका हुनुपर्छ । यसको साथै घरमा गुन्द्रुक छ सफासँग गुन्द्रुक ज्वानो मेथी पडकाएर पकाउनु होस र खानुहोस अत्यन्तै पौष्टिक हुन्छ । बेसार अनिवार्य खानुहोस । दुध भए दुध नत्र महीको सोल्लर पनि पोषिलो हुन्छ । घिउ थोरै मात्रामा सबै प्रकारका रोगीले खान सकिन्छ । तुलसी पत्ता र बेसार पकाएर नियमित सेवन गरेमा र दिनको दुई पटक शुद्ध पानीको वाफ लिने गरेमा प्mलु लगायत अन्य भाइरल संक्रमण चाडै निको हुन्छ । घरका छत र कौसिमा सब्जी फलफुल खेती गर्न सकिन्छ । यसले थोरै भए पनि शुद्ध सागसब्जी खान पाइन्छ । दिनमा सकेसम्म दुईपटक योग या व्यायाम गर्नु अर्को स्वस्थ रहने उपाय हो । अस्पताल जानु भन्दा र औषधी खाएर जाती हुनु भन्दा सानातिना समस्या घरमै घरेलु विधीबाट उपचार गरेर ठीक हुनपर्छ । अब आउने दिनहरु अझै असहज हुन सक्छन् । त्यसैले हरेक कुराको बचत गर्न सिक्नुपर्छ । आज धेरै मानिससले रोजगारी गुमाएको अवस्था छ । घरमा पैसा छैन् । आयस्रोत घटेको छ । यो अवस्थामा मानिस शारीरिकि सगै मानसिक रोगी पनि भएको अवस्था छ । यो अवस्थामा शारीरिक व्यायाम, तन्दुरुस्ती अनि रमाइलोको अनि सान्तवनाको पनि ठूलो भूमिका हुन्छ । यसमा पनि सात्विक खानाको महत्व धेरै हुन्छ । यो अवस्थामा खाना धेरै खाएर मात्र निरोगी र बलवान भइने होइन । थोरै खाए पनि पुग्छ । एउटा भनाई छ, धेरै खाए मल थोरै खाए बल । यस कुरालाई मनन गरौ आज बचाएर राखेको खानेकुरा भोलीे आउन सक्ने भोकमारी या भयावह अवस्थामा ज्यान बचाउने आधार हुनसक्छ । अर्को कुरा आजका दिनहरु सधैका लागि होइनन् र यी दिनहरु हटेर सहज दिनहरुको प्रतिक्षमा अरुलाई पनि हेरेर मन बुझाएर खुसी रहने प्रयासमा रहनु नै विभिन्न रोगबाट संक्रमित हुनबाट बच्नु नै बुद्धिमानी हो, अस्तु । (लेखक, रीता होमियो सेन्टर दमकका संचालक पनि हुन् । )

 

Leave a Reply

Your email address will not be published.