कमल ५ मा दादुरा– रुवेला खोप अभियान

दमक ,१७ फागुन । झापाको कमल गाउँपालिका वडा न. ५ स्वास्थ्य शाखाले यहि फागुन २० देखि २७ गतेसम्म सञ्चालन गर्ने दादुरा– रुवेला खोप अभियानको तयारी तीव्र पारेको छ ।वडास्तरिय खोप समन्वय समितिले विहिबार सरोकारवालाहरुसंग अन्तरकृया गरि खोप लगाउने तयारीका बारेमा जानकारी दिएको हो । वडा कार्यालयमा भएको अन्तरकृयामा स्वास्थ्य शाखाकी प्रमुख पवित्रा वर्देवा, अनमी विद्या प्रधान लगायतले वडामा सञ्चालन हुने खोप अभियानका बारेमा जानकारी दिएकी थिईन् । अभियान अन्तर्गत ९ महिना पूरा भई १५ वर्ष मुनीका १७ सय बढी बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम तय गरिएको प्रमुख वर्देवाले बताईन् ।
खोप कार्यक्रम अन्तर्गत मंगलमय माविमा २० गते, २१ गते स्टनस्टार बोर्डिङ स्कूलमा , २२ गते स्मारिका बोर्डिङ स्कूलमा,२३ गते मनसुन स्कूलमा सञ्चालन गरिने छ भने २४ गते सिद्धदेवी , शहिदरत्न र गुहेश्वरी आधारभूत विद्यालयमा र २७ गते भने तराई पशुपति बोर्डिङ स्कूलसहित आधारभूत स्वास्थ्य सेवा केन्द्र र पाथीभरा सामुदायिक स्वास्थ्य इकाई सिम्लेमा खोप सञ्चालन हुने जानकारी दिइएको छ ।
सो अन्तरकृयामा वडास्तरिय खोप समन्वय समितिका अध्यक्ष समेत रहेका वडाअध्यक्ष एलवी विष्टले वडास्तरमा सञ्चालन हुने यस खोपलाई पूर्ण रुपमा सफल बनाउन सवैको सहयोग आवश्यक भएको जोड दिए ।
अन्तरकृयामा वडा सदस्यहरु चन्द्रकला सुब्बा, चुरुहाङ लिम्बू, ओमकुमार प्रधान , वडा सचिव अमृतकुमार साह ,टोल विकास संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.