न्यौपाने बन्धु समाज वडा समिति पुर्नगठित

दमक,१७ फागुन । न्यौपाने बन्धु समाज दमक -१० को वडा समिति पुनर्गठन गरिएको छ ।दमक- १० स्थित इन्द्रेणी ताल परिसरको राधाकृष्ण मन्दिरमा सम्पन्न न्यौपाने बन्धुहरुको वडा भेलाले सो समिति पूर्नगठन गरिएको हो । सामाजका दमक नगर अध्यक्ष बाबुराम न्यौपानेको प्रमुख उपस्थितिमा भएको भेलाले सञ्चारकर्मी समेत रहेका सामाजिक व्यक्तित्व नगेन्द्रमणी न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय वडा समितिको पुनर्गठन गरिएको हो ।

सो समितिको उपाध्यक्षमा शुशान्त न्यौपाने, सचिवमा टंक न्यौपाने, सहसचिवमा पदमप्रसाद न्यौपाने(पिताम्बर) र कोषाध्यक्षमा डिल्ली प्रसाद उपाध्याय न्यौपाने रहेका छन् ।यसैगरी  सदस्यहरुमा दिनेश न्यौपाने, सुर्य बहादुर न्यौपाने, उमा दङाल न्यौपाने, यादव न्यौपाने र शुशिला भट्टराई न्यौपाने र महेन्द्र न्यौपाने रहेका छ्न् ।
सो भेलामा न्यौपाने बन्धु समाज दमक नगरका उपाध्यक्ष मोहन प्रसाद न्यौपाने, सचिव दिनेशकुमार न्यौपाने, सहसचिव नेत्रमणी न्यौपाने, ५ नम्बर वडा अध्यक्ष तथा नगर सदस्य भुपेन्द्र न्यौपाने लगायत समाजको महिला संजालका वडा तथा नगर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.